Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्षेत्र नं. १ को अधिवशेन सम्पन्न, २ र ३ को निर्वाचन हुँदै

Published on 3:01:00 PM //

पी.एम.मगर
नेपाली काँग्रेस क्षेत्र नं १ को क्षेत्रीय अधिवेशन नयाँ नेतृत्व चयन गर्दै गएराती सम्पन्न भएको छ भने क्षेत्र नं. २ र ३ मा भने आज निर्वाचन प्रकृया अगाडी वढेको छ ।
गुल्मीको क्षेत्र नं १ मा सभापति पदमा पारेश्वर ढकाल विजयी हुनुभएको छ । गएराती भएको निर्वाचनवाट ढकाल निर्वाचित हुनुभएको हो । उहाँको पक्षमा १ सय ४३ मत परेको थियो । क्षेत्रीय समितीका अन्य सबै पदमा भने निर्विरोध चयन भएका छन् । समितीको सचिवमा गोपाल पाण्डे, कोषध्यक्ष टिकाराम भण्डारी, सदस्यहरुमा पिताम्बर गौतम, माधवप्रसाद पराजुली, लक्ष्मी भण्डारी, भैरवसिँह् विक, बालकृष्ण भण्डारी, अरुणा न्यौपाने, टेकबहादुर पौडेल, जागेश्वर शर्मा रहनुभएको छ । त्यस्तै महाधिवेशन प्रतिनिधीमा कृष्णवहादुर छन्त्याल, जगदिश भट्टराई, दुर्गावहादुर राना, रमेशकुमार भण्डारी, हरीप्रसाद भण्डारी, हिरामणी अर्याल, महिलाको तर्फवाट गीता थापा र सुवर्ण ज्वारचन, जनजातीवाट वेदवहादुर थापा, दलितवाट यमवहादुर परियार निर्वाचित हुनुभएको छ ।

क्षेत्र नं २ मा सभापति पदको लागी अशोक थापा र मुक्ति कँडेल विच प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नं २ मा महाधिबेशन प्रतिनिधीको लागी चन्द्र भण्डारी, चन्द्र केसी, फणिन्द्र भण्डारी, भुवनप्रसाद श्रेष्ठ, भागवत ज्ञवाली, राजेन्द्रप्रसाद पन्त, परशुराम घिमिरे, शमसेरवहादुर कार्की, भरतवहादुर वस्नेत, रविराज शर्मा ज्ञवाली, देवेन्द्रप्रकाश पौडेल, शालिक पन्थी, विष्णुकुमारी सापकोटा, अमृता कुँवर, मिना पन्त र भगवती भण्डारी चुनावी मैदानमा उ्त्रिनुभएको छ । यता आदिवासी जनजातीको तर्फवाट श्रीप्रसाद भलामी निर्विरोध निर्वाचित हुनुभएको छ भने महाधिवेशन प्रतिनिधीको लागि उम्मेद्वारी दिनुभएका अनिशा के.सी, कौशिला कुवँर र तुलसा कण्डेलले भने उम्मेद्वारी फिर्ता लिनुभएको छ । सहमतिको लागि प्रयास अझै जारी रहेको र सहमति हुन नसके केही समयपछि चुनावी प्रकृया अगाडी वढाईने काँग्रेस श्रोतले जानकारी दिएको छ ।

क्षेत्र नं ३ मा सभापति पदको लागी दामोदर भुसाल, ढुण्डीराज भण्डारी र चन्द्रकान्त अर्यालले उम्मेदवारी दिनुभएको छ । सो क्षेत्रमा सचिव रेखाकुमार जिसी र कोषाध्यक्ष पदमा भोजप्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । तीन नं क्षेत्रमा ९ जना सदस्यको लागीको लागी १६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ११ जना महाधिबेशन प्रतिनिधी लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र ३ बाट महाधिबेशन प्रतिनिधीमा छन्दबहादुर पहराई, कृष्णबहादुर नेपाली र विष्णु कुँवर पौडेल निर्बिरोध निर्वाचित हुनुभएको छ । बाँकी प्रतिनिधीको लागी शुरेशचन्द्र भुसाल, त्रैलोक्यप्रताप सेन, रुद्रमणी भण्डारी, बुद्धबहादुर थापा, प्रेमनारायण भण्डारी, महेन्द्र भण्डारी, विष्णुप्रसाद भुसाल, मनिराम थापा, कृष्णप्रसाद अर्याल, टिका कुँवर, जानकी भण्डारी, रविन्द्र घिमीरे, छाँया पोखरेल, शिव केसी विच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन केहीवेर पछि शुरु हुने वताईएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग