Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोका कारण ९ घर विस्थापित

Published on 10:16:00 AM //

P.M Magar
गुल्मीको हर्दिनेटा गाविस ५ लुम्छामा पहिरोका कारण एक विद्यालय र ९ घर परीवार विस्थापित भएका छन् ।
लगातार परेको वर्षाका कारण पहिरो गएपछि लुम्छा बजारमा रहेको भगवती प्राथमिक विद्यालय भवन र अन्य ९ वटा घरहरु जोखिममा परपनि परीवार विस्थापित भएका हुन ।
शनिवारदेखि गएको पहिरोका कारण माधव पन्थ लालमणी पन्थ टेक बहादुर टण्डन गुरुप्रसाद भुसाल तु_िल्सराम भुसाल सावित्रा अर्याल कृष्णप्रसाद पन्तको घर पहिरोमा झुण्डिएका स्थानिय बासीन्दाले बताएका छन् । पहिरोले हर्दिनेटा धरमपानी हुँदै खज्र्याङ्ग जाने मोटरबाटो खसेपछि लुम्छाबजार समेत जोखिममा परेका हुन् । बजारको जगबाटै पहिरो झरीरहेकोका कारण बजारबासी विस्थापित हुने अबस्था सिर्जना भएको छ । सडक विभागले तम्घास तानसेन सडक निर्माणको क्रममा सो क्षेत्रमा भलको पानी हाल्ने बनाएपछि केहीवर्ष अघिदेखि पहिरो जान शुरु गरी बजार जोखिममा परेको स्थानिय बासीन्दाले बताएका छन् । पहिरोको पूर्व सतर्कताको लागी सडक विभाग र प्रशासनको पटक पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको भन्दै स्थानिय बासीन्दाले आक्रोश व्यक्त गरेका छन् ।
यता अविरल वर्षाकै कारण पहिरो जना थालेपछि गुल्मीको वामी गाविसका एक घर परिवार पनि विस्थापित भएका छन् । वामीटक्सार मैदान मालारानी हुँदै सालिमेदह निकासका लागि खनिएको मोटरवाटोका कारण घरमाथिवाट पहिरो जना थालेपछि वामी ८ मालारानी निवासी धनवहादुर छन्त्यालको परिवार विस्थापित भएको हो । घरमाथिवाट पहिरो खसेर घर पुरिने भएपछि ५ जना सहितको परिवार छिमेकीको गोठमा गाईवस्तु राखी सुरक्षित स्थानमा रहेको आफनेै गोठमा वस्न वाध्य भएका छन् । त्यस्तै वर्षासँगै खोला वढेपछि सदरमुकाम तमघासवाट पश्चिमतर्फ छुट्ने सवारी साधनहरु पनि ठप्प भएका छन् । सदरमुकामदेखि सेउघा सिमाहघाट पुर्कोटदह जोड्ने मोटरवाटोको विचमा पर्ने पनाह खोला वढेका कारण त्यसक्षेत्रमा सवारी साधनहरु छुट्न नसकेका हुन् । सवारी साधन साचालन हुन नसक्दा त्यस क्षेत्रका वासिन्दालाई आवतजावतका साथै मालसामान ढुवानीमा समस्या परेको छ ।
त्यस्तै अविरल वर्षाकै कारण गुल्मीको रिडी रुद्रवेणी वामीटक्सार सडकखण्ड फेरी अवरुद्ध भएको छ । पटक पटक अवरुद्ध भईरहने सो सडकखण्ड आज पनि लिम्घा गाविसमा पर्ने नादेवा खोला नजिकै पहिरो खस्दा र जोहाङ्ग गाविसमा रहेको डहरे खोला वढ्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा सो सडक हुँदै आवतजावत गर्ने यात्रुहरुलाई निक्कै समस्यामा परेका छन् । यतिवेला पनि यात्रुहरु विच वाटोमै अलपत्र परिरहेका छन् । अविरल वर्षाका कारण पहिरो हटाउन पनि समस्या उत्पन्न भएको मोटरवाटो समितिले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग