Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सरकारी स्वास्थ्य संस्थाहरुमा सेवा लिनेको संख्या बढ्यो

Published on 10:17:00 AM //

सरकारी स्वास्थ्यसंस्थाबाट निशुल्क रुपमा औषधी प्रदान गर्न लागेपछि सरकारी स्वास्थ्यसंस्थाहरुमा सेवालिने हरुको संख्या बढन थालेको छ ।
गुल्मीको तुराङ्ग मजुवा हेल्थपोष्ट ईलाका अन्तर्गत पर्ने स्वास्यचौकी तथा उपस्वास्थ्यचौकीहरुमा पहिला भन्दा आर्थिक वर्ष ०६६÷०६७ मा गतवर्ष सेवालिनेहरुको संख्यामा बृद्धिभएको छ । जस अन्तर्गत गुल्मीकेा तुराङ्ग मजुवा हेल्थपोष्ट बाट मात्रै ५ हजार ८ सय ८३ जना विरामीले र ६ सय ३५ जना ज्येष्ठ नागरीकले सेवा लिएको हेल्थपोष्टले जनाएको छ । त्यसैगरी आँपचौर उपस्वास्थ्य चौकीबाट २ हजार ९ सय पाँच जना बलिथुम उपस्वास्थयचौकीबाट ३ हजार ९ सय १० जना जुभुङ्ग उपस्वास्थ्यचौकीबाट ३ हजार ८ सय १ जना रुपाकोट उपस्वास्थ्यचौकीबाट ४ हजार ८ सय ८८ जना र बरदान सामुदायीक अस्पत्तालबाट ११ सय ६४ जना गरी २२ हजार ५ सय ५१ जना विरामीले सेवा लिएको र सो मध्यै १ हजार ९ सय ७८ जना ज्येष्ठ नागरीकले सेवा लिएको सिनीयर अहेव चक्रबहादुर बस्नेतले बताउनुभयो । उता तुराङ्ग हेल्थपोष्टबाट मात्रै सुरक्षित मातृत्व सेवा लिनेको संख्या ४९ जना रहेको पनि उहाँले बताउनुभयो ।


यसैविच गाविका जनतालाई सर्वसुलभ रुपमा औषधी उपलब्ध गराउन गुल्मीकै बम्घा गाउँ विकास समितीले उपस्वास्थ्यचौकीलाई औषधी खरीदका लागी सहयोग गरेको छ । गाविसबाट प्राप्त २० हजार रुपैयाँ अनुदानबाट उपस्वास्थ्यचौकीमा औषधी खरीद गर्ने कार्य सम्पन्न भएको जनाईएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग