Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खानेपानीको हाहाकार

Published on 3:13:00 PM //

लगातार परेको अविरल वर्षाका कारण पहिरोले खानेपानीको पाईप बगाएपछिगुल्मीको मुसिकोट वडागाउँका ३ सय घर खानेपानीको हाहाकार भएको स्थानीयले बताएको छ । खानेपानी अवरुद्ध हुँदा मुसिकोट र वडागाउँ गाविसका ३ सय घरपरिवार प्रभावित वनेका छन् ।

वर्षा नरोकिएको र सडक समेत पहिरो गएकोले पाईप मर्मच गर्न केही दिन लाग्ने खानेपानी समितिका सदस्य इन्द्रबहादुर खत्रीले बताए । उने जेनेरेटरको मद्दतले अस्थायि रुपमा खानेपानी व्यवस्थापनको प्रयास गरिएको पनि बताए । छिमेकी गाविसको ह्वाङ्गदी खोला मुहानबाट ल्याईएको खानेपानी जिल्लाकै ठूलो खानेपानी आयोजना मध्येको एक हो । स्थानीयले आकासे पानी संकलन गरि त्यहि पिउने गर्दै आईरहेका स्थानीय महेन्द्र जिसीले बताए।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग