Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आज रक्षाबन्धन-जनैपूर्णिमा पर्व मनाइँदै

Published on 12:08:00 AM //

आज देशभरी हिन्दुहरुको महान पर्व रक्षाबन्धन बाँधेर मनाईदै छ । शुक्लपक्ष पूणिमा तिथीका दिनमा ब्राम्हणहरु र दिदी बहिनीबाट रक्षा सुत्र (डोरो)बाँध्ने भएको हुनाले यस दिनलाई रक्षा बन्धन पनि भनिन्छ ।
शुक्लपक्ष पूणिमा तिथीका दिन हिन्दू धर्मवलम्बीहरुले शिवको मन्दिरमा गएर पुजा गर्ने गर्दछन् ।

'येनवद्धो बलिराजा दानवेन्द्रो महाबल , तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल' सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी 'जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ' भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको  रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ ।

मानव रक्षाका लागि आजका दिन जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) उक्त मन्त्र पढ्दै ब्राम्हणहरूले यजमानको नाडीमा बाँधिदिन्छन् । यस उपलक्ष्यमा तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल र कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई "जनैपुर्णिमा" पनि भन्ने गरिन्छ ।

हिन्दु दर्शनअनुसार जनैलाई \'ब्रहृमासूत्र\' अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रहृमा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । विधिपूर्वक जनै मन्त्रन यजमानहरू आज बिहान सबेरै आ-आफ्ना गुरु-पुरोहितकहाँ जाने गर्दछन् । यसैगरी आजको दिन देह शुद्ध गरी देवता, सप्तऋषि तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई \'ऋषितर्पणी\'का नामले पनि चिनिन्छ । यस दिन सप्तऋषिहरूद्वारा कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ ।

आजको दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी-बहिनी र दाजु-भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ ।

आजका दिन दिदी-बहिनीले आफ्ना दाजु-भाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन पनि छ । आज काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु, त्रिवेणीलगायतका स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग