Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देशभर कृष्णजन्माष्टमी मनाइदै

Published on 11:57:00 PM //

आज भाद्र कृष्ण अष्टमी । भगवान् श्रीकृष्णको जन्म दिन अर्थात कृष्ण जन्माष्टमी पर्व नेपाल अधिराज्यभर हिन्दु धर्मालम्बीहरूले भगवान् श्री कृष्णको पूजाआजा गरी मनाइरहेका छन् ।
परम्परा अनुसार आजको दिन बिहानै उपत्यकाको पाटन स्थित कृष्ण मन्दिरमा भक्तजनहरुको भिडभाड हुने गर्दछ । पूजा आराधना गर्नका लागि उपत्यकालगायत आसपासका ठाउँहरूबाट हजारौं दर्शनार्थीको घुइंचो लाग्ने गर्दछ ।

प्रत्येक वर्ष कृष्णाष्टमी पर्वका दिन देशभरका कृष्ण मन्दिरहरुमा मेला लाग्ने गर्दछ । पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि ठूलो मेला लागेको छ । उपत्यका बाहिर ,बुट्वल,नरायणगढ,नेपालगन्ज ,भैरहवा,बिराटनगर,वीरगंजमा पनि आजको दिन बिशेषरुपले श्री कृष्णाष्टमी पर्व मनाइने गरिन्छ। ।  आजको दिन धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्ण्को रथयात्रा गर्ने र झुला झुलाउने पनि गरिन्छ । आज दिनभर भक्तहरु उपवास बसी मध्यरातमा कृष्णको प्रतिमालाई पूजा गरी भजन कृतन गाउने गर्दछन् । कृष्ण भगवानको पूजा विशेषगरी कुमारी केटी तथा महिलाहरुले गर्ने गर्दछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई 'श्रीकृष्ण जन्माष्टमी' र रातलाई 'मोहरात्रि' भनिन्छ । आजको दिन देशभरिका कृष्णमन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू 'ब्रत' बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उहाँका मुखारविन्दबाट व्यक्त 'श्रीमद्भागवतगीता' हिन्दुहरूको पवित्र ग्रन्थ मानिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग