Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लुटपाटमा गर्ने समुहका तिन पक्राउ

Published on 6:41:00 PM //

घनश्याम गौतम
बाग्लुङ्गको रिघा गाविसमा लुटपाट गरी भागेको समुहलाई गुल्मीको शान्तिपुर इलाका प्रहरी कार्यालयले सोमबार पक्राउ गरेको छ ।

      पक्राउ पर्नेमा बाग्लुङ्ग रिघा– ३ का १९ बर्षिय बाबुराम नेपाली, बाग्लुङ्ग रिघा– ६ का २८ वर्षिय श्रृषिराम नेपाली र गुल्मीकै हरेवा– ७ का २८ वर्षिय मानबहादुर सार्की रहेको इलाका प्रहरी कार्यालय शान्तिपुरले जनाएको छ । तिनै जनालाई चोरी गरेको सुनको रिङ शान्तिपुरको शालिकराम पोखरेलको सुनचा“दी पसलमा बेच्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

      तिनै जनाले बाग्लुङ्गको रिघा–३ मजुवाका भक्तबहादुर सार्कीको घरमा आइतवार लुटपाट गरेको स्वीकारेको शान्तिपुरका प्रहरी नायव निरिक्षक चामप्रसाद श्रेष्ठले बताए । पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ्ग पठाइएको चौकीले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग