Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वास्थ्य शिविर सम्पन्न

Published on 6:56:00 PM //

पी.एम.मगर
राष्ट्रिय वाल दिवसको अवसरमा गुल्मीको सदरमुकाम तमघासमा आज वालवालिकाहरुको स्वास्थ्य परीक्षण तथा निुशुल्क औषधी वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।      “हामी सवैको सरोकार, नयाँ संविधानमा सुनिश्चित वाल अधिकार” भन्ने मुल नाराका साथ भदौ २९ गते मनाउन लागिएको उक्त कार्यक्रमको पुर्व सन्ध्यामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा ५ वर्ष भन्दा मुनिका करिव २ सय ५० विरामीहरुको स्वास्थ्य जाँच तथा औषधी वितरण गरिएको नेपाल वाल संगठन गुल्मीले जनाएको छ । सोही अवसरमा आज विहान वाल मन्दिर तथा तमघास वजार सरसफाई कार्यक्रम पनि सम्पन्न भएको छ । नेपाल वाल संगठन गुल्मीको आयोजना तथा जिल्ला विकास समिति, जिल्ला वाल कल्याण समिति, तमघास गाविस र उद्योग वाणिज्य संघ गुल्मीको सह आयोजनामा भोली वालवालिकाहरुको प्रभातफेरी, प्रावि, निमावि र वाल क्लवहरुवीच प्रतियोगितात्मक लोक साँस्कृतिक कार्यक्रम हुने वताईएको छ । प्रतियोगितात्मक कार्यक्रम पश्चात साँझ दीपावली गरिने भएको छ । 
 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग