Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चिया-खाजा समयको उपयोग गर्दैनन् कर्मचारी

Published on 10:43:00 PM //

घनश्याम गौतम
      सधै जसो भिड हुने जिल्ला प्रशासन कार्यालयका कर्मचारी कार्यालय समयमा चिया-खाजाका लागि बाहिर निस्कदैंनन् ।
सरकारले कर्मचारीहरुलाई चिया खानका लागि दिएको १ घण्टाको सयम उनीहरुले अहिलेसम्म उपयोग गरेका छैनन् ।  त्यस्तै अर्को बढी भिड हुने मालपोत कार्यालयका कर्मचारी पनि चिया खानकै लागि भनेर कुनै समय छुट्याएका छैनन् । दिनभर सेवाग्राहीकै कामको लोडले चिया समय भएको पत्तै नहुने कर्मचारीहरुको भनाई छ ।

      प्रशासन, मालपोत, शिक्षा, पशु सेवा सहित जिल्लाका कुनै कार्यालयका कर्मचारीहरुले जिल्ला चिया खाजा खानकै लागि भनेर कुनै समय तोकेका छैनन् । पुष्पकमल दाहाल प्रधानमन्त्री भएकै बेला सरकारले कर्मचारीहरुलाई २ देखि ३ बजेसम्म काममा बाधा नपर्ने गरी चिया÷खाजाका लागि १ घण्टा समय उपलब्ध गराएको थियो । काठमाण्डौ सहितका ठुला सहरका कर्मचारीले काम गर्दागर्दै भएपनि चिया समय भनेर हिड्ने गरेपनि जिल्लाका कर्मचारीहरुले १ घण्टा समयको उपयोग गर्ने गरेका छैनन् ।

      ‘चिया-खाजा भन्दा सेवाग्राहीको काम ठुलो हो’, जिल्ला प्रशासनको नागरिकता फा“टका गोपाल पाण्डेले भने, ‘सरकारले सुविधा दिएपनि हामीले लिएनौं ।’ पाण्डेको बुझाईमा १० मिनेट छिटो भएपनि काम गरिदिएमा सेवाग्राही कर्मचारीहरु प्रति सन्तुष्ट हुन्छन् ।

      सरकारले दिएको चिया÷खाजा समयका विषयमा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत थानेश्वर घिमिरेको भने छुट्टै अनुभव छ । ‘काठमाण्डौ जा“दा मन्त्रालय वा विभागमा हामी कर्मचारीलाई समेत चिया÷खाजा समय भन्दै १ घण्टा कुराउ“छन्’, घिमिरेले भने, ‘त्यो कुराईको पीडा कस्तो हुन्छ भन्ने बुझेपछि सेवाग्राहीलाई रोकेर चिया÷खाजा भन्दै बाहिर जान मन लाग्दैन ।’ शिक्षा कार्यालयका कर्मचारी पनि चिया÷खाजाकै लागि भनेर बाहिर निस्कदैंनन् ।

      नेपाल निजामती कर्मचारी संगठनका सचिव कर्ण पाण्डेका अनुसार जिल्लाका कुनै पनि कार्यालयले चिया समय भनेर सेवाग्राहीलाई रोक्ने अथवा कार्यालयबाट बाहिर निस्कने गरेका छैनन् । ‘धेरैले काम भएपनि नभए पनि कार्यालयमै चिया मगाएर खाने गर्छन’, उनले भने ‘छुट्टै समय निकालेर बाहिर भने जा“दैनन् ।’

      जिल्लाका अधिकासं गाविसमा सडक पुगेको छ । धेरै स्थानबाट सदरमुकाम तम्घासका लागि विहान सवारी छुट्ने र सा“झ फर्कने गरेकाले कर्मचारीहरुको चिया समयमा पनि हुने कामले सेवाग्राहीलाई बढी सुविधा पुगेको छ । धेरै सेवाग्राहीले काम सकेर घर फर्कने गरी नै आउने गरेकाले चिया खाजाकै समयमा बढी काम हुने गरेको कर्मचारीहरुको भनाई छ ।

      नेपाल निजामती कर्मचारी युनियका अध्यक्ष जयश्वर पन्थीले पनि चिया समय भनेर कर्मचारलीले आलटाल गर्ने जिल्लामा कुनै कार्यालय नभएको बताए । सेवाग्राही जिल्लाकै भएको र कर्मचारी पनि बढी स्थानीय नै हुनेगरेकाले चिया समय भनेर पनि छुट नपाईने पन्थीले बताए । ‘हामी पनि स्थानीय’, अध्यक्ष पन्थीले भने ‘सेवाग्राही पनि स्थानीय त्यसैले काम गर्ने बेलामा चिया समय भन्नै मिलेन ।’

      भाईको नागरिकता बनाउन आइतवार काठमाण्डौबाट जिल्ला प्रशासनमा आएका हरि अर्याल पनि कार्यालयका कर्मचारीको काम देखेपछि दङ्ग परे । ‘म साढे १ बजे प्रशासनमा आएको हु“’, अर्यालले भने, ‘खाजाको समय नभनी कर्मचारीले फटाफट काम गरिदिएपछि साढे २ बजेको रात्रीबसमा आजै फर्कन सक्ने भएं ।’ काठमाण्डौका कर्मचारीको तुलनामा जिल्लाका कर्मचारी सेवाग्राहीप्रति बढी उत्तरदायी भएको पाएको उनले बताए । ‘खाजाको समय भनेको भए त म आज यहीं बस्नु पर्ने थियो’ उनले थपे ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग