Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीबाट पहिलो हाजी

Published on 1:51:00 AM //

 साउदी अरबको मक्का मदिनामा गुल्मी जिल्लाबाट पहिलोपटक एकजना मुस्लिम वृद्ध हज गर्न जान पाउने भएकाले यहाँका मुस्लिम समुदायमा ठूलो हर्ष र उल्लास छाएको छ ।


मक्का मदिनाका लागि हज गर्न जानेहरूको यही कात्तिक १० गते उडान हुन लागिरहेको अवसरमा तम्घास गाविस-१ निवासी ६१ वर्शिय वृद्ध युशुफदिन मियाँ यस जिल्लाबाट हज गर्न जान पाउने पहिलो मुस्लिम भएकाले उहाँलाई हिओ एक बृहत् समारोहका बीच मुस्लिम धार्मिक विधिअनुसार उक्त समुदायले बिदाइ गर्दै हर्षोल्लास मनाएका हुन् । हजयात्री मियाँलाई मुस्लिम समुदायले उच्च सम्मानका साथ उहाँको निवास भीमचोकबाट फूलमाला तथा खादा पहिराउादै तम्घास बजार परिक्रमा गराई जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडिबाट बिदाइ गरी काठमाडौतर्फ  पठाइएको छ ।

साउदी अरबको मक्का मदिनामा पुगेर हज गर्न पाउनुलाई मुस्लिम समुदायमा ठूलो सौभाग्य ठानिन्छ । हिन्दुहरूका महान् धर्मगुरुहरूप्रति गरिने श्रद्धा सम्मान जस्तै मुस्लिम समुदायमा त्यसरी हज गर्ने व्यक्तिलाई 'हाजी' भनेर सम्बोधन गर्दै सम्मानित धर्म गुरु मानिन्छ । यसर्थ पनि एकदमै न्यून सङ्ख्या अर्थात् करिब १८ घरधुरी मात्रै मुस्लिम समुदाय रहेको गुल्मीबाट हज गर्न जाने अवसर पाएकोमा युशुफदिन मात्र होइन, यहााका हरेक मुस्लिम हर्ष-खुसीले गर्वित भएका छन् ।

यो धन-पैसा वा कुनै व्यक्तिको निगाहबाट नभई सीधै अल्लाहको आदेशमा हज गर्न जान पाइन्छ, हर्ष, खुसीले गद्गद् युसुफदिनले भन्नुभयो, यो सौभाग्य पाएकोमा खुसीको सीमा छैन । उहाँले थप्नुभयो, धेरै वर्ष भयो कामना गरेको तर अहिलेसम्म अवसर पाएको थिइन यसपालि भने बोलावट भयो ।

युसुफदिन मियाँ परिवार आजभन्दा २७ वर्षअघि पाल्पाबाट व्यापार व्यवसायको सिलसिलामा गुल्मी आइपुगेको हो । उहाा अहिले तम्घास बजारस्थित भीमचोकमा स्थायी बसोबास गर्दै आउनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग