Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ढाट हटाउन प्रशासनको आग्रह

Published on 1:52:00 AM //

 घनश्याम गौतम
सवारी सडकहरुमा राखिएका ढाट अबैध भएको भन्दै स्थानीय प्रशासनले तत्काल हटाउन जिविसलाई आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले बुधवार पत्र पठाउँदै जिल्लाको रिडी–तम्घास र रिडी–वामीटक्सार सडक खण्ड जिविस अन्तर्गत निर्माण नभै सडक विभाग अन्तर्गत भएकाले जिविसले कर असुल गर्नु अबैध भएकाले तत्काल हटाउन आग्रह गरेका छन् । सडकहरुमा राखिएका ढाटका कारण व्यवसायीक लागत बढेको र त्यसको मारमा उपभोक्ता परेको भन्दै त्यस्तो अवैध कर नलिन जिविसलाई र नर्तिन सवारी व्यवसायीहरुलाई आग्रह गरिएको छ ।
प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई ढाट तुरुन्त हटाउने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ । जिविसले गुल्मीका रिडी, तम्घासको देउराली, अर्खले लगायतका स्थानमा ढाट राखेर सवारी कर उठाउँदै आएको छ । आर्थिक वर्ष २०६६/०६७ को बजेट भाषणको १३१ बुँदामा लोकमार्गहरुमा राखिएका ढाटहरु हटाउने कार्य कढाईका साथ लागु गरिने व्यहोरा उल्लेख भएको र यहाँका सडकहरुमा सवारी कर लिने गरिएकाले हटाउन लगाएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । ‘यो गैर कानुनी हो’, उनले भने, ‘त्यसैले तत्काल हटाउन निर्देशन दिएको छु ।’ यस अघि उद्योग वाणिज्य संघले पनि ढाट हटाउन आग्रह गरेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग