Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गन्धर्व समुदायबाट एक्ली शिक्षिका

Published on 2:24:00 AM //

घनश्याम गौतम
बम्घा गाविसकी २० वषर्ीय संगीता गन्धर्व समुदायबाटै पहिलो शिक्षिका बनेकी छन् । 

वीरबास गाविसमा रहेको सहिद हरि स्मृति प्राथमिक विद्यालयले गन्धर्वलाई निजी स्रोतबाट शिक्षिकामा नियुक्त गरिएको हो । जिल्लामा झन्डै २ हजारको संख्यामा गन्धर्व जाति रहे पनि एसएलसी उत्तीर्ण गर्नेको संख्या अत्यन्तै न्यून छ । संगीता गन्धर्व समुदायको जिल्लामै पहिलो शिक्षिका भएको जिल्ला शिक्षा कार्यालयले जनायो । संगीता शिक्षा संकायबाट स्नातक अध्ययनरत छन् । बम्घा गाविसमा रहेको ६० घर गन्धर्व परिवारमध्ये शिक्षित संगीतामात्र हुन् । जिल्लामा गन्धर्वबाहेक अन्य दलित समुदायबाट समेत शिक्षकहरू अत्यन्तै कम रहेको दलित वर्ग उत्थान जिल्ला समन्वय समितिले जनायो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग