Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सवारीधनीहरु नै मोटरबाटो मर्मतमा

Published on 2:15:00 AM //

गुल्मी जिल्लाका दर्जनौ सडकहरु पहिरोका कारण अवरुद्ध भएपछि सवारी धनीहरु आफै सडक मर्मतका लागि जुटन थालेका छन ।

 गुल्मी जिप ब्यवसायी समिती र टयाक्टर ब्यवसायी समितीको आह्वानमा सवारी धनीहरुले सडक मर्मत गर्न शुरु गरेका छन । सदरमुकाम तम्घासदेखि पश्चिम सेउघासम्मको करिव ७ किलो मिटर मोटरबाटो सवारी धनीहरुले रकम संकलन गरेर मर्मत गरेका छन ।
सवारी धनीहरुले प्रत्येक ब्यक्ति ६० हजार रकमका दरले संकलन गरेर झण्डै चार दर्जन सवारी धनीहरुले रकम संकलन गरेर ७ किलोमिटर मोटरबाटो मर्मत गरेको गुल्मी जिप ब्यवसायी समितिका उपाध्यक्ष ठाकुर प्रसाद पाण्डेले बताउनुभयो ।
त्यस्तै केही दिन अघि सवारीधनीहरुले जिल्लाको गौडाकोट बजारदेखि मजुवासम्मको मोटरबाटो पनि मर्मत सम्भार गरि सवारी सञ्चालन गरेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग