Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छुट्टाछुटै सवारी दुर्घटनामा २ जना घाईते

Published on 6:02:00 PM //

गगनशिला खड्का
दँशैसंगै सवारी दुर्घटना बढीरहेको समयमा गुल्मीमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जना घाईते भएका छन् ।
आज दिउँसो १२ बजे श्रृङ्गामा बसको ठक्करबाट एक बालक घाईते भएका छन् । काठमाण्डौबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आईरहेको ना ३ ख ७३९८ नम्बरको बसले दिगाम २ देउरालीमा हर्दिनेटा ५ कपिल पन्तको छोरा बर्ष ६ काृे आयुस पन्तलाई ठक्कर दिँदा बालक घाईते भएका छन् ।
टाउकोमा चोट लागेका पन्तलाई उपचारको लागी पाल्पा मिसन अस्पत्ताल पठाईएको श्रृङ्गा प्रहरी चौकीले जनाएको छ । बाटोकाट्दै गरेका पन्तलाई बसको ब्रेक नलागेको कारण ठक्कर दिएको र यात्रुहरुको चापको कारण गाडी प्रहरीको निगरनीमा तम्घास ल्याईएको प्रंहरीले जनाएको छ ।

यता सदरमुकाम तम्घासमको देउरालीमा बस र मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाईकल चालक घाईते भएका छन् । तम्घासबाट बुटलतर्फ जाँदै गरेको लु १ ख ६७३८ नम्बरको बसले दिउँसो २ बजेतिर लु ६ प ४६३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक तम्घासका २२ वर्षिय किरण राजभण्डारी घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाईते राजभण्डारीको टाउको र हातमा गम्भिर चोट लागेकोले पाल्पा मिसन अस्पत्ताल पठाईएको प्रहरीले जनाएको छ । घुम्टिी मोड्ने क्रममा ति दुई सवारी साधन ठोक्कीएको र बस तथा बस चालक प्रहरीको नियन्त्राणमा रहेको प्रहरीले जनाएको छ ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग