Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एउटै व्यक्तिले २० औं हजारको खुद्रा सटाही, सर्वसाधारण विमुख

Published on 10:07:00 PM //

गगनशिला खड्का
गुल्मी २८ असोज । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गुल्मीले सदरमुकामका सिमित व्यक्तिहरु मध्ये कतिपय एउटै व्यक्तिलाई २० हजार देखि ३० हजार सम्मको खुद्रा नोट सटाई सुविधा दिएपछि अधिकाशं सर्वसाधारण भने त्यो  सुविधाबाट विमुख भएका छन ।

गत २ हप्ता अधि देखि उक्त बंैकले खुद्रा नोट सटाई सुविधा उपलब्ध गराएपनि सदर
मुकाम तम्घासमा रहेका केहि धन्याड्य, विभिन्न क्षेत्रका मुख्य मुख्य व्यक्तिहरुले सटाई गरे
पछि सर्वसाधारणहरुले ५ सयको खुुद्रा नोट समेत सटाई गर्न नपाएको गुनासो गरेका छन ।
हाईपो ऋिण स्वीकृत भएका र अन्य विभिन्न क्षेत्रका पहुचवालाहरुलाई फोनबाटै रु २० दे
खि ३० हजार सम्मको सटाई सुविधा सो बैंकले दिने गरेको र अन्य सर्व साधारण भने घन्टौ सम्म
लाईनमा बस्दा पनि अहिले छैन, पछि आउनुहोस भन्दै पटक पटक दःख दिने गरेको सो सुविधाबाट
बन्चीत मध्येका तम्घासबजारस्थित न्यू मालिका फेन्सी स्टोरका प्रोपाईटर दुर्गाचन्द्र बोहराले
गुनासो गरे । “हामीले देखि रहेकै छा,ै यहाँका कयौ व्यक्तिले पटक पटक त्यहाँ पुगेर २०
÷३० हजार सम्मको खुद्रा नोट सटाही गरे, तर सर्वसाधारण भने त्यो बैंकबाट निरास हुदै फर्केर
तिनै हजारौ नोट सटही गर्नैहरुसँग हात जोडनु पर्ने अवस्था रहेको छ, बोहराले भने । “यो सरासर
सिमित व्यक्रिहरु प्रतिको ईस्टा रखाई हो, यस्तो प्रवृतिले कसरी सर्वसाधारणले उक्त सुविधा
पाउन सक्छन ? उनले प्रतिप्रश्न गरे । यसरी सिमित व्यक्तिहरुले ठूलो रकम सटाई गरी गाऊमा
लगिएपछि सर्वसाधारणहरुले स्थानीय पसलहरुबाट सयकडा ५÷१० रुपैया कमिशन दिएर सटाई गर्नु
पर्ने वाध्यता रहेको बुझिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक गुल्मीका शाखा प्रवन्धक रुकमाङगत मुडवारीले पनि सबैलाई खुद्र
ा सटाई सुविधा उपलब्ध गराउन गत १७ गते देखि सुरु गरिए पनि पटक पटक एउटै व्यक्तिले ठूलो र
कम सटाई गर्दा चाहेर पनि सबैलाई उक्त सुविधा उपलब्ध गराउन नसकिएको स्वीकार गरे । हामीले
चाहेर एउटै व्यक्तिलाई ठूलो रकम सटाई गरेका होईनौ, तर के गर्ने हामीले चिन्दैनौ,
एउटै व्यक्तिले पटक पटक आएर ठूलो रकम सटाई गर्दो रहेछन मडवारीले भने – अव यस्तो प्र
वृतिलाई दृष्टीगत गरी आगामी वर्ष देखि निश्चित समयमा एक व्यक्तिलाई निश्चित रकम मात्रै
सटाई सुविधा उपलब्ध गराउने छौ । उनका अनुसार सो बैंकले गत १७ गते देखि आज सम्म करिव ९०
लाख रुपैयाको खुद्रा नोट सटाई गरको थियो । आज देखि सो सेवा वन्द भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग