Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीजदेखि दँशैसम्म झण्डै एक अरब रेमिटेन्स भित्रियो

Published on 11:03:00 PM //

 गगनशिला खड्का
गत तीजदेखि दशैंसम्म गुल्मी जिल्लामा झण्डै एक अरब  रेमिटेन्स भित्रिएको छ ।
सदरमुकाम तम्घासका विभिन्न बैंकहरुमा गत श्रावण देखि हिजो सम्म विभिन्न बैक मार्फत कुल ९४ करोड ५९ लाख १७ हजार १ सय ६३ रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । रेसुङ्गा विकास बैकबाट मात्रै गत साउन देखि हिजोसम्म ८ हजार ७ सय ५ जनाले विभिन्न मुलुकबाट कुल ४० करोड ९ लाख १७ हजार १ सय ६३ रुपैयाँ पठाएको बैङ्गका महाप्रबन्धक साजन भट्टराईले जानकारी दिए । सो बैंक मार्फत गत एक महिनामा मात्रै १२ करोड ९० लाख ३७ हजार ५ सय ९९ रुपैयाँ रेमिट्यान्स भित्रिएको उनले बताए ।
त्यस्तै गुल्मी बिकास बैंकमार्फत गत तीन महिनामा करिब ३० करोड रेमिटेन्स भित्रिएको वरिष्ठ अधिकृत योगेन्द्र रायमाझिले जानकारी दिए । गत एक महिनामा मात्रै ११ करोड रेमिटेन्स भित्रिएको उनले बताउनुभयो । जिल्लाकै पुरानो सेन्चुरी इन्टरनेशनल मनि ट्रान्सफर तम्घासबाट पनि १२ करोड रेमिटेन्स भित्रिएको प्रबन्धक तेजेन्द्र कुमार श्रेष्ठले बताए । गत १ महिनामा मात्रै सो सेन्टरमा करिब साढे ४ करोड रेमिटेन्स भित्रिएको उनले बताए । त्यस्तै हिमालय बैंक लिमिटेडको गुल्मी जिल्ला शाखा प्रबन्धक यमकला पाण्डे
ले दिएको जानकारी अनुसार हिमाल रेमिट मार्फत गत ३ महिनामा ७ करोड ५० लाख  रेमिटेन्स भित्रिएको छ । गत एक महिनामा मात्रै सो रेमिटमा २ करोड ४८ लाख ५० हजार ४० रुपैया  रेमिटेन्स भित्रिएको उनले बताए । जिल्लामा पहिलो पटक एटिएम सेवा सहित बैंङ्किङ सेवा सुरु गरेको नेपाल एसविआई बैक लिमिटेड गुल्मी शाखामा भारतबाट एटिएम मार्फत गत ३ महिनामा ५ करोड रेमिट भित्रिएको सो बैकका प्रबन्धक सुमन सुवेदीले बताए । गत आइतबार एकैदिनमा भारतबाट ४० लाख रेमिट एटिएम मार्फत सम्बन्धितले झिकेको उहाँले जानकारी गराए । यि बैकहरु मार्फत भित्रिएको रकम बाटै झण्डै एक अरब रेमिटेन्स भित्रिएको हो । यसबाहेक जिल्लाका रिडि, वामिटक्सार, मजुवा  लगायतका स्थानमा पनि अन्य वित्तिय संस्थाहरुबाट पनि रेमिटेन्स भित्रिने गरेको छ ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग