Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीप दुर्घटना एकको मृत्यु एघार घाईते

Published on 1:57:00 AM //

 भरत पाण्डेय
गुल्मीको जैसिथोक गाविसमा भएको जीप दुर्घटनामा एकजनाको मृत्यू भएको छ भने २ बालबालीका सहित ११ जना घाईते भएका छन् ।
गुल्मी जिल्लाको हाडहाडे गाविसवाट सदरमुकाम तम्घास तर्फ आउँदै गरेको लु १ ज १४०७ नम्वरको जीप सोमबार जैसिथोक गाविसको सिमाहाघाटमा दुर्घटना हुँदा गुल्मी हाडहाडे गाविस ४ निवासी ५०वर्षीय श्यामलाल श्रीसको मृत्यू भएको हो । उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाईतेमध्ये ३ जना बालबालीका रहेका छन् ।
दुर्घटनामा परि घाईते हुनेहरुमा तम्घास गाविस ४ निवासी वर्ष ५५ का कृष्ण वहादुर श्रीस, गुल्मी भनभने गाविस ५ निवासी वर्ष ३८ का कृष्णप्रसाद पन्थी, गौडाकोट गाविस ९ स्थित वर्ष २३ कि कमला सराङ्कोटी, हाडहाडे गाविस ३ स्थित वर्ष ३५ का धनेन्द्र विश्वकर्मा, उहाँका छोरा वर्ष १० का वालक सचिन विक , वर्ष २४ कि चमेली श्रेष्ठ उहाँकी छोरी वर्ष ६ कि आरती श्रेष्ठ, वर्ष २० का श्याम वहादुर विश्वकर्मा, वर्ष १९ का सुर्य काउछा, जैसिथोक गाविस निवासी वर्ष २४ का विष्णु घर्ति मगर, १६ वर्षका सन्तोष पन्थी र हाडहाडेका १० वर्षिया हेमा काउछा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाईतेहरु मध्ये कृष्ण वहादुर श्रीसको टाउकोमा गंभिर चोट लागेकोले तम्घास अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि भैरहवा पठाईएको छ । अन्य घाईतेहरुको भने जिल्ला अस्पताल तम्घासमा उपचार गरिंदै छ । ओरालोबाटोमा व्रेक फेलभई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप चालक भने फरार रहेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग