Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हत्या अभियोगमा पक्राउ

Published on 1:36:00 PM //

श्रीमतीलाई हत्या गरेको आशङ्कामा प्रहरीले एकजनालाई हिरासतमा लिएको छ ।
गत कात्तिक २३ गते लडेर मृत्यु भएको भनिएकी गुल्मी बडागाउँ-१ दोभान निवासी ३१ वर्षीय हरिकला राना कुमाललाई कुटेर हत्या गरेको आशङ्कामा उनका श्रीमान गोकुल भन्ने गगन कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कात्तिक २३ गते बिहान एक छिमेकीको घरको आँगनमा मृत अवस्थामा फेला परेकी  रानाको लडेर मृत्यु नभई हत्या भएको भन्दै माइतीपक्षले जाहेरी दिएपछि कुमाललाई प्रहरीले हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श्रीमती हरिकला घरनजिकैको ढिलबाट लडेर मृत्यु भएको बताएपछि उनलाई सोही दिन बिहान स्थानीयवासीले सनाखत गर्न लागेका थिए ।

तर उनका माइतीपक्षले शव खोलेर हेर्दा मुहार र टाउकोमा निलडाम र चोटैचोट देखेपछि श्रीमानले कुटेर हत्या गरेको हुनसक्ने आशङ्कामा प्रहरीलाई शव पोष्टमार्टमका लागि जाहेरी दिएका थिए ।

सोहीअनुरुप जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको टोलीले शव पोष्टमार्टम गराई श्रीमान गोकुललाई पक्राउ गरी बुधबार जिल्ला अदालत गुल्मीमा पेस गराएको थियो ।

जिल्ला अदालत गुल्मीले थप तीनदिन म्याद थपी प्रहरी हिरासतमा राख्न आदेश दिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग