भाग्दै गरेको चोर पक्रे स्थानीयले
Published on
7:40:00 PM //
बास बसेको होटलमा चोरी गरेर भाग्दै गरेका एक युवकलाई स्थानीय युवाहरुले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
मर्भुङ गाविसको सिमलटारी बजारमा रहेको जनसेवा होटलमा नगद र गरगहना चोरी गरी भाग्दै गरेका गुल्मीकै भनभने गाविस-४ घर बताउने २३ वर्षीय दिनेश थापालाई स्थानीय युवकले पक्राउ गरेका हुन् ।
थापाले होटलको बाकस फुटाएर रु ११ हजार नगद, एउटा तिलहरी, केही खुद्रा पैसा र चक्कुसहितको झोला लिएर बुटबलका लागि छुटेको बसमा भाग्दै गर्दा चौरासी बजारबाट पक्राउ गरिएको थियो ।प्रहरीसँगको बयानमा थापाले आफूले चोरी गरेको स्वीकार गरेका छन् ।
0 प्रतिकृयाहरु