Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गामा दुर्लभ गिद्ध

Published on 3:34:00 AM //

नेपाल पंक्षी संरक्षण संघले गुल्मीको रेसुङ्गा जंगलमा गरेको पंक्षी अनुसन्धाननमा विश्वमै दुर्लभ हुँदै गएका दुई गिद्ध फेला परेका छन् ।


नेपाल पंक्षी संरक्षण संघका अनुसन्धान अधिकृत ज्योतेन्द्र ठकुरीका अनुसार पाँच दिनसम्म गरिएको अनुसन्धानमा रेसुङ्गा जंगलमा ७० देखि ८० प्रजातीका अन्य पंक्षीसमेत फेला परेका छन् । पहिलो चरणमा सर्वेक्षणका उद्देश्ले मात्र अनुसन्धान गरिएकोले रेसुङ्गा क्षेत्र विश्वमै दुर्लभ पंक्षीहरुको संरक्षण क्षेत्रमा पर्न सक्ने सम्भावनासमेत देखिएको अनुसन्धान अधिकृत ज्योतेन्द्र ठकुरीले बताए । संघले अब तिन चरणमा गरी थप अनुसन्धान गर्ने छ ।

अनुसन्धान बारे जानकारी दिन मंगलवार तम्घासमा आयोजना गरिएको छलफल  कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल, रेसुङ्गा बहुमुखी क्याम्पसका प्रमुख दीन पन्थी, प्राध्यापक शशी पन्थी, जिल्ला वन कार्यालयका प्रमुख शिवप्रसाद शर्मा, रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष युवराज भण्डारी, पत्रकार घनश्याम गौतम, पि.एम. मगर, प्राध्यापक गुणानिधी शर्मालगायतले रेसुङ्गा क्षेत्रको विकासका लागि यहाँको जैविक विविधता, पंक्षी एवं बन्य जन्तुको संरक्षण, ऐतिहासिक महत्व लगायत सबैको संरक्षणका लागि सरोकारवालाहरु एक जुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिएका थियो । कार्यक्रम नेपाल पंक्षी संरक्षण संघको आयोजनामा भएको थियो ।

बुटवल टुडे दैनिकबाट


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग