Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई कार्यक्रम सार्वजनिक

Published on 7:34:00 AM //

सामाजिक सद्भाव र आर्थिक समृद्धिको नारा सहित गुल्मी जिल्लाको पहिलो सामुदायिक रेडियो स्काईले खुल्ला एङकर खोजी अभियान "स्काई आइडल" र प्रत्येक हप्ता नगद रु पाँच हजार जित्न सकिने नगदि हाजिरीजवाफ कार्यक्रम "साईवर वोर्ल्ड नगद रु पाँच हजार" नामका दुई नँया कार्यक्रम शुरु गर्ने भएको छ ।

किशोर किशोरी, युवा, विद्यार्थी, कर्मचारी, शिक्षक, प्राध्यापक, बुद्धिजीवीहरु प्रति लक्षित गरी तयार पारिएको यी कार्यक्रममा युवा वर्गमा आफ्नो क्षमता प्रदर्शन गरेर रेडियोकर्मी बन्न र अन्य बौद्धिक सर्कलका व्यक्तित्वहरुका लागि तयार पारिएका प्रश्नहरुले ज्ञानको विकास गर्न थप मद्धत पुर्याउने रेडियो स्काईमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

रेडियो स्काईका संयोजक जि.डी. जोन्स रियाजका अनुसार ५ महिनासम्म प्रत्येक हप्ता संचालन हुने कार्यक्रममा उत्कृष्ट हुनेले नगद १० हजार रुपैंया सहितका थुप्रै पुरस्कार जित्नेछन् । त्यस्तै नगद रु पाँच हजार कार्यक्रममा १५ प्रश्न सोधिने र हरेक प्रश्न वापत १० रुपैंया देखि पाँच हजारसम्म पुरस्कार जित्न सकिने छ ।

आज उद्घाटन हुने स्काई आइडल कार्यक्रम सामुदायीक रेडियो स्काई ८८ दशमल ४ मेगाहर्जबाट श्रोताले प्रत्येक शनिवार दिउसो सवा ३ बजे देखि ५ बजेसम्म र साईवर वल्र्ड नगद रु पाचँ हजार हरेक शनिवार साँझ ८ बजे देखि पौने ९ बजेसम्म संचालन हुने रेडियो स्काईले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।



Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग