Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँलेले थुनेको चितुवा जंगलमै

Published on 5:50:00 PM //

गाउँलेले जालमा पारेको चितुवालाई जिल्ला बन कार्यालयले सुरक्षित रुपमै जंगलमै छोडिएको छ ।

बलेटक्सार-४ का उत्तमबहादुर क्षेत्रीले घर नजिकै थापेको जालमा मंगलबार राती चितुवा बल्झेको थियो । जालमा परेको चितुवालाई स्थानीय बासिन्दाले मार्न माग गरेपनि बन कार्यालयले विहिवार तम्घास ल्याएर रेसुङ्गा जंगलमा सुरक्षित रुपमा छोडिएको बन कार्यालयका प्रमुख शिवप्रसाद शर्माले बताए । गाउँले त्यस क्षेत्रका जंगलमा छोड्न नदिएपछि कार्यालयले रेसुङ्गा जंगलमा ल्याएर छोडेको हो ।
जालमा बल्झेपछि भाग्ने प्रयास गर्दा खोरमा ठोक्किएर चितुवाका एउटा दाँत झरेको थियो भने टाउकोमा चोट लागेको थियो । दाँत र टाउकोमा लागेको चोटको जिल्ला पशु सेवा कार्यालयका डाक्टर हरीबहादुर कुँवरले उपचार गरेका थिए । तम्घास ल्याएपछि वन कार्यालय र पशु सेवा कार्यालयमा जिउँदो चितुवा हेर्नेहरुको भिड लागेको थियो ।

कान्तिपुर दैनिकबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग