Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस वर्षगुल्मीमा १५ टन कफी वृद्धि

Published on 2:50:00 AM //

सीता भण्डारी, गुल्मी
 राष्ट्रिय कफी दिवसको अवसरमा जिल्ला सहकारी संघ गुल्मीले एक समारोहको आयोजना गरी गत वर्षको तुलनामा यस वर्षगुल्मीमा झण्डै १५ मेट्रिक टन कफी उत्पादनमा वृद्धि आएको वताएको छ ।
सदरमुकाम तमघासको लांकुरीमञ्चमा आयोजीत राष्ट्रिय कफी दिवस विशेष समारोहमा संघका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला उपाध्यक्ष शेषकान्त गौतमले विगतका वर्षरुमा वाषिर्क ७० देखि ७५ मेटि्रक टन कफी उत्पादन हुंदै आएकोमा यस वर्ष ९० मेट्रिक टन कफी उत्पादन भएको र करिव १० मेटि्रक टन घरेलु वजार नेपालमा खपत भएको, ८० मेट्रिक टन कोरिया, जापान लगायतका विदेशी वजारहरुमा निर्यात गरिएको जानकारी गराउनुभएको थियो ।
त्यस्तै समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले गुल्मी जिल्लालाई कफी जिल्लाको रुपमा देश विदेशमा चिनाउंन पाईएकोमा आफु पनि गुल्मी जिल्लावासी भएको नाताले गर्भ महसुस भईरहेको र प्रशासनको तर्फाट हुन सक्ने सहयोगका लागि आफु सदैव प्रतिवद्ध रहेको उद्घोष गर्नुभएको थियो ।
देशमै कफी उत्पादनमा गुल्मी जिल्ला अग्रस्थानमा मात्रै नभई २०५५ सालदेखि गुल्मीको जोहाङ्ग खैरेनीमा देशकै सवैभन्दा ठुलो कफी प्रशोधन केन्द्र समेत सञ्चालनमा आएको छ । गुल्मीको कफी खेतीको इतिहांसलाई पल्टाएर हेर्दा आंपचौर निवासी हिरा गिरीलाई संझिनै पर्ने हुन्छ । उहांले सन १९९५ मा वर्मावाट कफीका विरुवा ल्याई आंपचौरमा व्यावसायिक कफी खेतीको शुरुवात गर्नु भएको हो । समारोहमा वक्ताहरुले कफी खेतीका प्रणेता गिरीलाई गु

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग