Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगालागिबाट २ लाख बराबरको क्षती

Published on 1:53:00 AM //

सीता भण्डारी
गुल्मी जिल्लाको नेटा गाविस ५ मा भएको आगालागिबाट स्थानीय जित बहादुर बिश्वकर्माको घर गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
आज दिउसो ४ बजेतिर अगेनामा रहेको काठ सल्किएर उक्त आगालागि भएको थियो । आगालागि बाट खरले छाएको बिश्वकर्माको दुइ तले घर जल्नुका साथै घर गोठमा रहेका अन्न पात लत्ताकपडा पूर्ण रुपमा जलेर नष्ट हुदाँ २ लाख भन्दा बढीको क्षती भएको स्थानीयवासीहरुले बताएका छन । आगो १ घण्टा पछि मात्र स्थानीयवासी हरुको सहयोगमा नियन्त्रणमा आएको थियो । गोठमा रहेका चौपायहरु भने स्थानीय वासीहरुको सहयोगमा बचाइएको छ । अहिले बिश्वकर्माको परिवार छिमेकीको घरमा बसेका छन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग