अनुराधा बनिन सिएनएन हिरो
Published on
3:19:00 PM //
माइती नेपालकी संस्थापक अनुराधा कोइराला 'सिएनएन हिरो २०१०' घोषित भएकी छिन् । सामाजिक सेवामा उल्लेखनिय कार्यगरेवापत उनलाई सिएनएनले हिरो घोषणा गरेको हो ।मानव तस्कर लगायत विदेशमा वेचिएकी नेपाली चेलीको उनको संस्था माइत नेपालले उद्धार गरी शिक्षा, स्वास्थ लगायतका विभिन्न सेवा प्रदान गर्दै आएको छ । उनले एचआइभी एडस सक्रमितलाई पनि शिक्षा, स्वास्थ्य लगायतका आयमुलक सीप प्रदान गर्दै आएकी छन् ।
सन् १९९३ देखि सामाजिक सेवा कार्य गर्दै आएको माइत नेपालले यौन हिंसाबाट पीडित करिव १२ हजार भन्दा बढी महिला तथा चेलीवेटीको उद्धार गर्दै आएको छ ।सिएनएनले आफ्नो आधिरिक वेभसाइटमा सिएनएन हिरोको लागि अनलाइन भोटिङ गरेको थियो ।
'मानव तस्करी जनघन्य अपराध हो,' सिएनएन हिरो घोषित भइसकेपछि प्रतिक्रिया दिंदै कोइरालाले भनिन्, 'म प्रत्येकसँग समाजमा भइरहेका मानवतस्करीविरुद्धको अभियानमा जुट्न सबैसँग आव्हान गर्दछु, हामी सबैका चेलिबेटीका लागि यो आवश्यक छ ।'
Photo: CNN
Photo: CNN










0 प्रतिकृयाहरु