Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छुट्टा छुट्टै दुर्घटनामा चार जना घाईते

Published on 5:26:00 AM //

गगनशिला खड्का
गुल्मीको सदरमुकाम तम्घास स्थित बाख्रेछेडामा मोटरराईकल एक आपसमा ठोक्कीदा दुई जना व्यतmी गम्भीर घाईते भएका छन ।
तम्घास गाविसको बाख्रेछेडामा लू ५ प ८३७० नं मोटरसाईकल र विपरित दिशाबाट आईरहेको लु ६ प १०२ नं मोटरसाईकल एक आपसमा ठोक्कीदा अर्खले गाविस वार्ड नं ७ का पेवादत्त भण्डारी र सोहि ठाउँका रेमलाल भण्डारी घाईते हुनुभएको हो । घाईतेहरुको जिल्ला अस्पत्ताल तम्घासमा उपचार भईरहेको छ भने ठक्कर दिने मोटरसाईकल चालक रुरु गाविसका जगत थापा र चित्र बहादुर थापालाई जिल्ला प्रहरी कार्यलय गुल्मीले नियन्त्रणमा लिएको छ । यस्तै अरिङ्गगालको टोकाईबाट अर्खले गाविसमा दुई जना महिला गम्भीर घाईते भएका छन । अर्खले गाविस लामडाँडाकी धनकला राई,  तुल्सा भण्डारी घाईते भएका हुन । घाईते दुबैको अहिले जिल्ला अस्पत्ताल तम्घासमा उपचार भईरहेको छ ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग