Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काग तिहारको अवसरमा काग सम्मेलन

Published on 8:53:00 PM //

आज काग तिहारको अवसरमा गुल्मीको सदरमुकाम तम्घासको चिदीचौरमा काग सम्मेलन भएको छ ।
नेपाल पत्रकार महासङ्घ गुल्मी तथा नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान कार्य समिति गुल्मीको संयुक्त आयोजनामा काग सम्मेलन भएको हो ।
काग सम्मेलनको अवसरमा १ सय ५९ वटा स्वर निकाल्ने कलाकार रमेश दुलालले कागलाई कागको भाषामा बोलाएर सम्मेलन गरिएको थियो । काग सम्मेलन हेर्नका लागि गुल्मीको सदरमुकाममा रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, व्यापारी समाजसेवी, बुद्धिजीवीलगायत सर्वसाधारणहरुको बाक्लो उपस्थिति थियो ।
सम्मेलनपछि कागको भाषा बोलेर कागलाई बोलाउनु भएका कलाकार रमेश दुलाललाई काग बनाई माला लगाएर भात खुवाइएको थियो ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग