Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जित्लान् त कुलचन्द्रले ?

Published on 3:30:00 AM //

 संयुक्त राष्ट्रसङ्घ (यूएन) को ६६ औँ महासभाको अध्यक्ष पदमा ‘अबको पालो नेपालको’ भन्ने अभियानका साथ नेपालले प्रस्तुत गरेको उम्मेदवारीप्रति यूएनका सदस्य राष्ट्रहरू सकारात्म देखिएका छन् ।

यूएनमा नेपाल ५५ वर्षदेखि सदस्य रहँदै आएको भए पनि नेतृत्वमा नपुगेको हुनाले यसपटक नेपालका लागि अन्तर्राष्ट्रिय सहमुदायले पनि सहयोग गर्ने वचन दिएको जानकारी प्राप्त भएको छ ।
जम्मा १९२ सदस्य राष्ट्र रहेको -यूएन)को महासभाको अध्यक्ष पदमा नेपालले दक्षिण एसियाली मुलुकहरूका तर्फबाट दिएको उम्मेदवारी ‘तर्कसङ्गत र प्रशंसनीय’ भएको प्रतिक्रिया सम्बद्ध राष्ट्रहरूबाट आएको छ ।
एसियाबाट नेपाल र कतार गरी दुईजनाको उम्मेदवारी अहिलेसम्म घोषणा भएको छ । नेपालबाट संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव कुलचन्द्र गौतम र कतारका नसीर वीन अब्दुल्लाजिज अलनसेरले उम्मेदवारी घोषणा गर्नुभएको छ । अलनसेर कतारबाट यूएनका लागि स्थायी प्रतिनिधि हुनुहुन्छ ।
निर्वाचन हुन केही महिना बाँकी छ र नेपालको पक्षमा विश्वजनमत जुटाउने अभियान तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ । प्रत्येक वर्ष महासभाको अध्यक्षता गर्ने व्यक्तिको निर्वाचन हुने गर्दछ ।
प्रधानमन्त्री माधवकुमार नेपालले भदौको दोस्रो साताबाट अध्यक्ष पदका उम्मेदवार गौतमको पक्षमा प्रचारप्रसार सुरु गर्नुभएको छ । अहिलेसम्मको परम्परामा एसियाको पालो आउँदा सर्वसम्मतरूपमा एकजनाको नाम संयुक्त राष्ट्रसङ्घमा पठाउने गरिएको भए पनि अहिले दुईजनाको नाम अगाडि आएको छ ।
नेपालले प्रस्तुत गरेका उम्मेदवारको पक्षमा कस्तो लबिङ गर्नुभएको छ भनी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालासँग राखिएको जिज्ञासामा उहाँले नेपालले विदेशस्थित आˆना सबै राजदूतलाई पत्राचार गरी ‘लबिङ’ गर्न निर्देशन दिइसकेको बताउनुभयो ।
विगत २५ वर्षदेखि महासभामा दक्षिण एसियाली देशबाट अध्यक्षमा सहभागिता हुन सकेको छैन । दक्षिण एसियामा नेपाल पुरानो सदस्य राष्ट्र भए पनि अहिलेसम्म अध्यक्षता गर्ने मौका भने पाएको छैन ।
को हुन  कुलचन्द्र गौतम ?
गुल्मी जिल्लाको अमरपुरमा वि.सं. २००६ साल मङ्सिर ६ गते जन्मनुभएका गौतम सन् १९७३ मा यूएनको सेवामा प्रवेश गर्नुभएको थियो । अमेरिकाको पि्रन्सटन युनिभर्सिटी र डार्मोथ कलेजबाट विकास अर्थशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा अध्ययन गर्नुभएको छ ।
प्रधानमन्त्रीका वैदेशिक मामिलासम्बन्धी विशेष सल्लाहकार हुनुहुन्छ ।
उहाँ संयुक्त राष्ट्रसङ्घको पूर्व सहायक महासचिव हुनुहुन्छ ।
उहाँले युनिसेफको कार्यकारी निर्देशक भएर कार्य गरिसक्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्, संयुक्त राष्ट्रसङ्घको कोष र कार्यक्रमबारे राम्रो जानकारी राख्नुहुन्छ ।
राष्ट्रसङ्घ अन्तर्गत एक सयभन्दा बढी मुलुकका सरकार प्रमुख/राष्ट्राध्यक्ष, मन्त्री, राजदूत, नागरिक समाजका अगुवा र निजी क्षेत्रसँग बैठकमा सहभागी हुनुभएको छ ।
नेपालीबाहेक अङ्ग्रेजी, फ्रेञ्च, स्पेनिस, हिन्दी, इन्डोनेसियालीलगायतका भाषाका ज्ञाता हुनुहुन्छ ।


नेपाल कोरिया न्युज डट कमबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग