Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमानको कुट्पिट्पछि श्रीमति विचल्लीमा

Published on 2:11:00 AM //

 सीता भण्डारी

केही दिन अघि श्रीमान्ले श्रीमतिलाई निर्घातकुट्पिट गर्नुका साथै घरमा आगो लगाएर संम्पूर्ण वस्तु नष्ट भएपछि गुल्मी नयाँगाउँकी एक व्याक्तिकी श्रीमति यतिवेला विचल्लीमा परेकी छिन् ।
स्थानीय एक परस्त्रीको माया मोहमा लागेर नयाँगाउँ गाविस वार्ड नं. ९ लप्सी टोल निवासी चन्द्रवहादुर कुवँरले गत कार्तिक २७ गते शनिवार राती श्रीमति कुसुम कुवँरलाई कुटपिट् तथा घरमा आगो लगाएपछि यसरी विचल्लीमा पर्नु भएको हो । श्रीमानले सोही दिन राती स्थानीय एक महिलालाई दोस्रो श्रीमतिको रुपमा घरमा ल्याउने भन्दै आफ्नो गरगहना खोस्नुका साथै घर समेत छाड्न दवाव दिएपछि शुरु भएको झगडामा आफुलाई निर्घात कुट्पिट् गर्नुका साथै घरमा आगो लगाएर फरार भएको श्रीमति कुसुम कुवँरले वताउनुभयो ।
घटनाकी प्रत्यक्षदर्शी चन्द्रवहादुरकी वहिनी पद्मा कुवँरले समेत दाजुले भाउजुलाई ठुलो अन्याय गरेको वताउनु भएको छ । घरमा आगलागी हुँदा कुवँरको संम्पूर्ण अन्नपात, नगद जिन्सी सवै नष्ट भएपछि घरवाट विस्थापित भई श्रीमति कुवँर यतिवेला आफ्ना नातेदारको घरमा वस्दै आउनुभएको छ । उहाँले आफु माथि यति ठुलो ज्यादती हुँदा पनि स्थानीय ठुला वडाहरुले श्रीमानलाई कारवाही नगर्न दवाव दिएको र जिल्ला प्रहरी प्रशासनले समेत उजुरी दर्ता गर्न नमानेको गुनासो गर्नुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग