Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीबाट २ लाखबढी क्षति

Published on 2:10:00 AM //

ठुलोलुम्पेकमा आगलागीबाट एक घरगोठ जल्दा दुई लाख बराबरको क्षति भएको छ ।


ठूलो लुम्पेक गाविस वडा नं. ५ कोटडाँडा निवासी भरत पुलामीको घर गोठमा अचानक आगो सल्किंदा उक्त मूल्य बराबरको क्षति भएको छ । गत बुधबार भएको आगलागीबाट घरमा रहेका सम्पूर्ण अन्नपात, महत्वपूर्ण कागज पत्र, करिब सात हजार रुपैया“ नगदसहित सम्पूर्ण घरगोठका भौतिक सामग्री जलेर नष्ट भएको छ ।

घरगोठ जलेपछि पुलामी परिवार अहिले छिमेकीको घरमा आश्रय लिनुपरेको भरत पुलामीले बताए । स्थानीयबासीको सहयोगमा गोठमा रहेका भैंसीलाई भने जीवितै उद्धार गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । आफू घरबाट विस्थापित भएका कारण पुलामीको परिवारले स्थानीयबासी एवम् सरकारी निकाय समक्ष सहयोगको लागि आग्रह समेत गरेका छन् ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग