Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मदिरा तथा जूवातास रहित गाउँ बनाउन पहल

Published on 9:27:00 AM //

गुल्मी जिल्लाको वामी टक्सार गाविस तथा वामी प्रहरी चौकीको सेवा क्षेत्र अन्तर्गतका गाविसहरूमा खुल्ला रूपमा मदिरा बेचबिखनका साथै जूवातासको नियन्त्रण गर्ने अभियान सुरु हुने भएको छ ।

शुक्रबार वामी प्रहरी चौकीमा बसेको चार राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नागरिक समाजका प्रतिनिधि, व्यापारी, बुद्धिजीवीहरूको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । मदिरा बेचबिखन गर्ने तथा सेवन गर्ने कुनै व्यक्ति वा समाजलाई असर पार्ने खालको क्रियाकलाप गरे, गराएको पाइएमा त्यससँग सम्बन्धित व्यक्तिलाई कानुन बमोजिम सजाय तथा जरिवाना गर्ने समेत बैठकले निर्णय गरेको छ ।

बुटवल टुडेबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग