Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा ५ घाइते

Published on 1:37:00 PM //

गुल्मीको मजुवाबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज १३५३ नम्बरको जिप बलिथुम गाविसमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । राती करिब ३ बजे सो जिप बलिथुम गाविसको थाक्सीपोखरा नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

जिप दुर्घटनामा परी गुल्मी तम्घासका लाल बहादुर खत्री, रमेश श्रीस, बुद्ध बहादुर थापा, निरञ्जन थापा र  जिप चालक गुल्मी पल्लीकोट-१ का सुशिल टण्डन रहेका छन् । चालक टण्डनको अवस्था गम्भिर रहेकाले पाल्पा रिफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल तम्घासमै उपचार भैरहेको प्रहरीले जनाएको छ । जीप के कारणले  दुर्घटना भएको हो भन्ने बारे अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग