Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वेवारिसे शव फेला

Published on 2:18:00 PM //

 पी.एम.मगर
गुल्मी र वाग्लुङ्गको सिमानामा पर्ने दरमखोलाको किनारमा अन्दाजी ५० वर्षीय एक पुरुषको वेवारिसे शव फेला परेको छ ।

गुल्मीको अर्लाङ्गकोट गाविस वार्ड नं १ र वाग्लुङ्गको रिघा गाविस वार्ड नं ६ को विचमा पर्ने दरमखोलाको किनारमा फेला परेको उक्त शवको अझै पहिचान हुन सकेको छैन । कालो पाईन्ट, स्पोर्ट जुत्ता, चेक स्वीटर लगाएका ती मृत व्याक्तिको मोटो र तालुमा रौँ नभएको वताईएको छ भने उनको हातमा सुनको औँठी र साथमा ६ हजार रुपैयाँ नगद रहेको हरीचौर इलाका प्रहरी कार्यालय, वाग्लुङ्गका प्रहरी निरीक्षक सुरज खड्काले वताउनुभएको छ ।
घटना स्थलमा गुल्मीको वामीटक्सार प्रहरीचौकीवाट पनि प्रहरीको टोली पनि त्यसतर्फ जाँदै छ । उक्त वेवारिसे शव आज विहान करिव ७
वजेतिर स्थानीय सुर्यकुमार श्रीसले देखेपछि स्थानीयवासी जम्मा भई प्रहरीलाई खवर गरिएको थियो । घटनावारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग