Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वसको ठक्करवाट घरमा क्षति

Published on 1:18:00 PM //

 पी.एम.मगर
आज विहान गुल्मीको सदरमुकाम तमघास वसपार्कमा वसले ठक्कर दिँदा एक व्याक्तिको घरमा क्षति पुगेको छ ।

लु १ ख ५७५७ नंम्वरको वसलाई पार्किङ्गको लागि व्याक गर्ने क्रममा व्रेकले काम नगरेपछि उक्त वसले ठक्कर दिँदा वसपार्कमा रहेको चोकनारायण पाण्डेको सन्तोष होटलमा क्षति पुगेको हो । वसको ठक्करवाट होटलको अग्र भागमा क्षति पुग्नुका साथै घरको पीलर समेतलाई असर पुगेको पाण्डेले दावी गर्नुभएको छ । यस अघि पनि अन्य वसले तीन पटकसम्म उक्त घरमा ठक्कर दिएका थिए । अहिले वस मालिक र घरधनी वीच क्षतिपुर्तिका सम्पन्धमा छलफल चलिरहेको छ । ठक्करवाट वसको समेत पछाडी भागमा क्षति पुगेको छ ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग