Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अस्पातललाई मेसिन, बिरामीलाई फलफुल

Published on 2:44:00 AM //

गगनशिला खड्का

गुल्मीको सदरमुकाम तम्घासका एक परीवारले आफ्ना स्वर्गिय आफन्तजनको सम्झनामा गुल्मी जिल्ला अस्पातललाई आवश्यक केही मेसिन प्रदान गरेका छन ।
तम्घास— १, नयाँ बजार निवासी जंगप्रसाद श्रेष्ठले स्वर्गीय छोरा विनोद श्रेष्ठ, स्वर्गीय छोरी कल्पना श्रेष्ठ र स्वर्गीय माताको सम्झनामा दमका रोगीहरुलाई श्वास फेर्न सहज पार्ने दुई थान नेबुलाईजर मेशीन जिल्ला अस्पताललाई प्रदान गर्नुका साथै अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेका छन् । त्यस्तै तम्घास— १ नयाँबजार निवासी विष्णुप्रसाद श्रेष्ठ परीवारले स्वर्गीय माता पवित्रादेवी श्रेष्ठको सम्झनामा एक थान सोही मेसिन प्रदान गर्नुभएको छ । उद्योग वाणिज्य संघ, अर्घाखाँचीका उपाध्यक्ष अशोककुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित एक समारोहमा ती दुई श्रेष्ठ परीवारले आज तम्घास अस्पतालका सम्पूर्ण बिरामीहरुलाई फलफुल र बिस्कुट समेत वितरण गर्नुभएको थियो । उहाँहरुले प्रदान गरेको उक्त मेसिन ग्रहण गर्दै सो अस्पतालका डा. सुरेन्द्र कुँवरले हालसम्म यो अस्पतालमा एक थान मात्र नेबुलाइजर मेसिन भएकोले गाह्रो भएको र यसरी दुई थान मेसिन प्राप्त भएपछि निकै सहज हुने बताउनु भएको थियो । श्रेष्ठका छोरा विनोदको २०६५ भाद्र १० गते अमेरिकामा गोली लागि मृत्यू भएको थियो भने छोरी कल्पनाको २०६० साल असोजमा तम्घास अस्पतालवाट अक्सिजन दिँदै थप उपचारका लागि पाल्पा लैजाने क्रममा हार्थोक स्थित बाटैमा मृत्यू भएको थियो । यसरी छोराको विदेशमा मृत्यू भएको र छोरीको समयमा उपचार नपाउँदा बाटैमा मृत्यू भएको दर्दनाक पीडाबाट शान्ति मिलोस भन्ने कामनाका साथ अस्पताललाई आवश्यक उपचार सामग्री प्रदान गरिएको श्रेष्ठले बताउनुभयो । श्रेष्ठकी एक छोरी विन्दु श्रेष्ठ सोही अस्पतालमै कार्यरत हुनुहुन्छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग