Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तारा एयरको विमान ओखलढुंगामा दुर्घटना, सबैको मृत्यु

Published on 8:37:00 AM //

नागरिकन्युजबाट 
हिजोदेखि वेपत्ता भएको तारा एयरको विमान ओखलढुंगाको मालुङ्गे डाँडा नजिकै दुर्घटना भएको छ।
आज बिहान घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी रामकृपाल यादवले विमानमा यात्रारत सबैको मृत्यु भएको पुष्ठी गरेका छन्। नागरिकन्युजकर्मी मिथिलेस यादवका अनुसार विमानको कुनै पनि भाग सग्लो अवस्थामा नरहेको यादवले जानकारी दिए। एक घन्टापछि त्यहा छरिएका मानिसका अंग संकलन गर्न सुरु हुने बताइएको छ।दुर्घटनास्थल ओखलढुंगाको मध्यभागमा पर्छ। विमान दुर्घटनास्थल समथर रहेको बताइएको छ। पहाड नजिकै भएकाले ठोकिएर झरेको या प्राविधिक गडवडीपछि पाइलटले फोर्स ल्यान्डिङ गर्न खोजेको हो थाहा हुन सकेको छैन । 

हुस्सुका कारण विमान उडेको लामिडाँडा विमानस्थलदेखि दुर्घटनास्थलसम्मको दुरी समेत थाहा हुन नसकेकको डिएसपी यादवले जानकारी दिए।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग