Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विश्वकै ठूलो शिला नेपालमा

Published on 10:22:00 PM //

विश्वकै ठूलो शिला अवलोकन गर्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ । सुन्दर मनोरम दृश्य भएको  शिला अवलोकन गर्न दैनिक १ हजारको संख्यामा पर्यटक आउने गरेको स्थानीयबासी बताउँछन् ।

धौलागिरि, लुम्बिनी र गण्डकी तीनै अञ्चलका पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका सिमाना पर्वतको शालिग्राम गाविसमा रहेको छ शिला । धार्मिक दृष्टिले पनि उत्तिकै महत्त्वको मानिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक शालिग्राम पुग्ने गर्छन् ।

हिन्दू धर्मअनुसार शिलालाई भगवान विष्णुका रूपमा पुज्ने गरिन्छ । शालिग्रामको शिला दर्शन गरेर 'भाकल' गरे मनोकामना पूरा हुने जनविश्वास छ । शिलाको पूजा गरेको र भाकल गर्नेका तस्बिर खिच्न विदेशी लालायित हुन्छन् ।

कालीगण्डकीमा मात्र पाइने शालिग्राम शिलाको अवलोकनका लागि विभिन्न जिल्लाका विद्यालयबाट विद्यार्थी आउने गरेका छन् । कालीगण्डकी 'ए' जलविद्युत् केन्द्र निर्माण गर्दा बनेको जलाशयमा ७ किलोमिटर लामो स्टिमर सेवा सञ्चालनमा आएपछि पर्यटक आउने क्रम बढेको स्थानीय व्यवसायी रेशमराज न्यौपानेले बताए ।
०५८ सालदेखि नेपालमै पहिलोपटक व्यासायिक रूपमा जलयातायात सञ्चालनमा आएपछि ३ जिल्लाको संगममा पर्ने सेतीवेणीबजारमा पर्यटक आउने क्रम बढेको हो । स्याङ्जाको वालिङ नगरपालिका हुँदै मिर्मीसम्म सडक पुगेकाले पर्यटकलाई सजिलो भएको छ ।
शीला हेर्न आउने पर्यटकबाट थोरै शुल्क लिएपनि करोडौ  आम्दानी गर्न सकिने शिला संरक्षण समितिले जनाएको छ । तर, समितिबाट अहिलेसम्म त्यस्तो प्रयास भएको छैन ।
पर्यटक बढेपछि जलाशयमा सञ्चालन हुँदै आएको १० स्टिमरलाई भ्याइनभ्याई छ । त्यस्तै सेतीवेणी बजारको व्यवसायमा लाखौँको व्यापार हुन थालेको हिमलालले बताए । सेतीवेणीमा पर्यटकका लागि आवश्यक सबैखाले सुविधा नहुँदा लामो समय बस्ने पर्यटकलाई समस्या पर्ने गरेको छ । कालीगण्डकीमा र्‍याफ्टिङका लागि आउने बाह्य पर्यटकको गन्तव्यसमेत बनेको छ शालिग्राम ।
हरिवोधनी एकादशी, बालाचतुर्दशी, वैशाखे संक्रान्ति, माघेसंक्रान्ति, श्रीपञ्चमीलगायतका चाडपर्वमा निकै भीड हुने पुजारी केशवराज न्यौपाने बताउँछन् ।
सरकारले चिन्न नसकेको महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीयबासीले चासो दिनुपर्ने न्यौपानेको भनाइ छ ।
पर्यटन वर्ष २०११ लाई लक्षित गरेर शालिग्राममा पर्यटक ल्याउन अतिथि सत्कार गृह, पर्यटकीय होटललगायत मनोरञ्जनका साधनस्रोत उपलब्ध गराउने तयारी हुँदै छ । शिलाको विकास र प्रवर्द्धनका लागि गतवर्ष महायज्ञसमेत लगाइएको थियो । महायज्ञबाट संकलित १ करोड ३९ लाख रुपैयाँ त्यसै क्षेत्रको विकासमा खर्चिने बताइन्छ । दुर्गम क्षेत्रमा रहेको शिलाको प्रचारका लागि जिल्ला विकास समितिले सहयोग गरेपनि छिमेकी जिल्ला गुल्मी र स्याङ्जाले भने कुनै पहल नगरेको गुनासो सेतीवेणीका बासिन्दाले गरेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग