Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कृषिमा नमुना गाउँ बनाउन सबै जुटेपछि

Published on 3:17:00 AM //

खड्गबिर थापा मगर 
मनले आँटेपछि के नहुँदो रहेछ र ! कृषि प्रणालीमा दक्ष्यता र चाँसो राख्ने जिल्ला र क्षेत्रीयस्तरका हाकिम, प्रशासक, सामाजिक र राजनीतिककर्मीहरु आखिर ठूलो ऌुम्पेक गाविसका १०० भन्दाबेशी युबा कृषकहरुको आफ्नो गाउँलाई नमुना गाउँ बनाउने अभियानमा जुट्न भेला भए ।

गुल्मी जिल्लाको ठूलो लुम्पेक गाविसमा पश्चिमान्चल क्षेत्रीय निर्देशनालय पोखरा, जिल्ला कृषि विकास कार्यालय गुल्मी र ठूलो ऌुम्पेक गाविसको आर्थिक सहयोगमा ल्हुम्पेकी कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. ले २०६७ असारदेखि संचालन गरेको एकिकृत सत्रुजीव व्यवस्थापन 'Integrated Pest Management (IPM)'आईपिएम तालिमको कृषक दिवस समारोह सम्पन्न गरेको छ। समारोहमा ५०० भन्दा स्थानीय बासिन्दाको सहभागीता रहेको थियो।

तालिममा दुईवटा समूह वाड १ देखि ७ सम्मका ६२ जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो । स्याङ्जा जिल्लाबाट आएका तीन जना आईपिएम सहजकर्ताहरु लालप्रसाद पंगेनी, गोविन्द गुरुङ र डांसीनारायण अर्यालले सहजिकरण गरेको तालिमको १२ हप्ता सम्पन्न भई सकेको छ भने अझ ४ हप्ताको तालिम संचालन हुन बाँकी छ ।

कृषकहरुलाई सामूहिक रुपमा पूर्ण प्रयोगात्मक तरिकाबाट एक बाली चक्रभर खेत बारीमै सिकाईने यो तालिममा काउली, बन्दा तथा गोलभेडाको जातीय परिक्षण, मित्र तथा सत्रु जीवको पहिचान, संरक्षण, मलखादको मात्राको प्रयोग, परीक्षण, गोठेमलको सुधार तथा प्रयोग, जैविक विषादीको निर्माण तथा प्रयोग, परम्परागत खेती र आधुनिक खेति प्रणालीअनुसार गरिने उत्पादनमा फरक सिंचाईको उचित व्यवस्थापन र पूर्ण जैविक एवं व्यवसायिक उत्पादन गरि कृषकहरुको आम्दानी बढाउन सकिने कुराको प्रयोगको प्रमाणित गरिएको छ ।

ल्हुम्पेकी कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष हिमबहादुर कुंवरको अध्यक्षतामा सम्पन्न समारोहको प्रमुख अतिथी पश्चिमान्चल क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक वीरेन्द्रबहादुर हमाल हुनुहुन्थ्यो।

विशिष्ट अतिथिकोरुपमा गुल्मीका प्रमुख जिल्ला अधिारी परशुराम अर्याल, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतम, जिल्ला कृषि विकास कार्यालयका नि. कृषि विकास अधिकृत धनबहादुर थापा, जिल्ला पशु सेवा केन्द्रका प्रमुख डा. हरिबहादुर कुंवर, भूपू सांसद वरिष्ठ राजनीतिज्ञ कलमराज श्रेष्ठको उपस्थिति रहेको थियो भने राजनैतिक दलका प्रमुखहरुमा नेकपा एमालेका अध्यक्ष बोमबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका के. सदस्य जीवन राना मगर, नेपाली कांग्रेस क्षेत्रनं. १ का सभापति पारिश्वर ढकालको सहभागिता रहेको थियो ।

त्यसैगरी, जिल्लामा कृषि सम्बन्धि कार्य गर्न मास एफका कार्यक्रम अधिकृत दामोदर पोख्रेल, जिविस गुल्मीमा प्रा.स. दोमलाल भुसाल, जिल्ला प्राविधिक कार्यालयका सव इन्जिनियर सत्यनारायण राय, टेक्निसियन लोकनाथ बराल, पश्चिमान्चल क्षेत्रीय कृषि निर्देशनालयका शाखा अधिकृत जया सुवेदी, प्राविधिक सहायक रामाया कडारिया, पशु सेवा केन्द्र जोहांगका पशु सेवा प्राविधिक भूमिश्वर खनाल, बलेटक्सार गाविस पशु सेवा प्राविधिक हिमलाल पाण्डे अतिथिको रुपमा उपस्थिति थियो ।

कार्यक्रममा मानव अधिकारकर्मी दीलशोभा पुन मगर, ठूलो लुम्पेकस्थित राजनैतिक दलका प्रमुखहरु: नेकपा एमाले सचिव कृष्ण पुलामी मगर, नेपाली कांग्रेस सभापति प्रेमप्रताप राना मगर, राष्ट्रिय जनमोर्चा ओम कुंवर, राजमु पार्टी कोमबहादुर श्रीस मगर, एकता लोकतान्त्रिक महिला संजालकी अध्यक्ष तेजकुमारी थापा मगर, श्री धर्मपुर उचच मा.वि. प्राचार्य नारायणहरी न्यौपाने, प्र.अ. लोकबहादुर राना मगर, बुद्धिजीवि अमरिसं सिंजापती मगर, यहांस्थित संघ संस्थाका प्रमुखहरु: ग्रामीण बिकास तथा चेतना समुह, नेपाल (रुडाग नेपाल) का उपाध्यक्ष बुद्ध राहाडी मगर, नेपाल भूपु सैनिक समूहका अध्यक्ष अनरेरी सुबेदार मेजर कृष्णबहादुर राहाडी मगर, ल्हुम्पेकी थानी युवा क्लव (लुथायु क्लव) का अध्यक्ष बलबहादुर राहाडी मगरको आतिथ्यता रहेको थियो ।

कृषक दिवसको अवसरमा कृषक पाठशालामा उत्पादन गरेका कुराको प्रदर्शनी गरिनुकासाथै ठूलो लुम्पेक गाविसलाई कृषिमा नमूना गाउँ बनाउन व्यवसायिक कृषि उत्पादन गर्ने अगुवा कृषकहरुको सम्मान, कृषि जागरण तीज गीत प्रतियोगितामा कृषि सेवा केन्द्र हुँदै जिल्ला स्तरीय प्रतियोगितामा दोश्रो स्थान र क्षेत्रीय स्तरीय प्रतियोगिता पोखरामासमेत सहभागिभएका कृषक कलाकारहरुको सम्मान, आईपिएम कृषक पाठशालाका सहजकर्ताहरुको सम्मान गरिएको थियो ।

कृषक पाठशालाका अगुवा सहभागि कृषकहरुले प्रतिवेदनहरु प्रस्तुत गर्नुकासाथै लुम्पेकको परमपरागत कृषि तरिका र आधुनिक आईपिएम तरिकाबाट भएको फरक, गोठेमल, विरुवाहरुलाई आवश्यक पर्ने १६ खाद्य तत्व, आईपिएम कक्षाको महत्वकोवारेमा उनिहरुले सिकेका सीपज्ञानकाबारेमा उपस्थित अन्य कृषकहरुलाई मन्तव्यद्धारा सुनाएका थिए ।

ल्हुम्पेकी कृषि जागरणको इतिहासमा महत्व राख्ने उक्त कार्यक्रममा कृषिको क्षेत्रीय निर्देशक, जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा विभिन्न सरकारी निकायका प्रमुखहरु, जिल्लाका राजनैतीक दलका प्रमृखहरु, भूपू सांसद तथा स्थानीय राजनैतिक दलका प्रमुखहरु, गैर सरकारी संघसंस्थाका प्रमुखहरुद्धारा लुम्पेकको कृषि जागरण अभियानमा ऐक्यवद्धता जाहेर गर्दै यस गाविसलाई नेपालमै कृषिमा उत्कृष्ट नमूना गाउं बनाउन सहयोगका कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

प्रमुख अतिथि क्षेत्रीय कृषि निर्देशक हमालले नेपालमा कृषि क्षेत्रमा काम गर्ने ठूलो लुम्पेक गाविसमा जस्तो धेरै युवा कृषकहरुको सहभागिता भएको नपाएको प्रशंग उल्लेख गर्दै यस गाविसलाई विषादी तथा रासायनिक मलको प्रयोग नगरि जैविक कृषि उत्पादनको नमूना गाउँ बनाउन सकिने र पर्यटन विकाससमेत गर्न सकिने सम्भावना रहेको कुरा औंल्याउनु भई नेपाल सरकारकोतर्फबाट कृषि क्षेत्रको निम्ति गर्न सकिने सहयोगहरु सदैव गर्दै जाने प्रतिवद्धता जनाउनु भएको थियो ।

कृषकका कथा व्यथा गाउने संगितलाल पचभैया मगरजस्ता स्थानीय उदीयमान कलाकारहरुको प्रस्तुतीले कार्यक्रममा सवै अतिथि कृषकहरुलाई मन्चमा नचाएको थियो ।

अगुवा कृषक खडगवीर थापा मगर र नरमाया थापा राना मगरले संचालन गरेको कार्यक्रममा गाविसलाई नमूना कृषि गाउँ बनाउन सहयोग गर्ने सवै सरकारी निकाय संघसंस्थाहरु कृषकहरुलाई धन्यवाद दिंदै सभाध्यक्ष हिम कुंवरले सांझ ७ बजे कार्यक्रम समापन गर्नु भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग