Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हातपातको विरोध

Published on 2:52:00 PM //

गगनशिला खड्का
गाविस सचिब हकहित संरक्षण केन्द्र, गुल्मीका सचिब तथा पुर्कोटदह गाविसका गाविस सचिब विष्णु बहादुर घर्तीमाथी एकिकृत नेकपा माओबादीका कार्यकर्ताहरुले गरेको हातपातको विरोधमा बिहीवार गाविस सचिब हकहित संरक्षण केन्द्र गुल्मीले प्रेश विज्ञप्ती प्रकाशित गर्दै घोर भत्र्सना गरेको छ ।
गाविस सचिब हकहित संरक्षण केन्दले पुर्कोटदह नमुना गाविसको आर्थिक वर्ष २०६७६८ तथा २०६८÷६९ को परिषदका लागी गाविस अनुदान सञ्चालन कार्यविधी २०६६ को सबै प्रंक्रिया पुरा गरेर पुर्कोटदह गाविसको २०औँ गाउँ परिषद गर्ने क्रममा गाविस सचिब माथी एकिकृत नेकपा माओबादीका कार्यकर्ताले गरेको निन्दनिय कार्यको घोर भत्र्सना गरेका हो । गाविस सचिब हकहित संरक्षण केन्द्र गुल्मीका अध्यक्ष विष्णु प्रसाद पन्थी द्धारा हस्ताक्षरीत विज्ञप्तीमा पुर्कोटदह नमुना गाविसका सचिब र कार्यलय साहयक माथी गरिएको अराजक तथा अपमानजनक क्रियाकलापको कुनै पनि सरोकारवालाहरुले वास्ता नगरेमा सम्पुर्ण गाविस सचिब तथा निजामती कर्मचारीहरुले जुनसुकै प्रकारको आन्दोलन गर्न सक्ने चेतावनी समेत दिइएको छ

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग