Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

च्याउ खेती सम्बन्धी तालिम सपन्न

Published on 10:49:00 AM //

गगनशिला खड्का
गुल्मीको बडागाउँ गाविस वडा नं. १, दजाकोटमा च्याउ खेती सम्बन्धि तालिम सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न गाविसमा आय आर्जन सम्बन्धि च्याउ खेती तालिम सम्पन्न कार्यक्रम सञ्चालन गर्दै आएको लिवर्ड नामक संस्थाको प्राविधिक सहयोगमा गाउँ सुधार समिति बडागाउँको दजाकोटले सञ्चालन गरेको कन्या जातको च्याउ खेती तालिममा दजाकोटका ३६ जना महीलाहरुको सहभागिता रहेको थियो । त्यहाँका महीलाहरु गत केहि वर्षदेखि परम्परागत खेती भन्दा बढी मात्रामा प्रयोगात्मक आधुनिक र नगदेवाली तर्फ आकर्षित हुँदै आएका छन् । सोहि क्रममा व्यवसायिक च्याउ खेतीगर्ने तयारीमा जुटेका दजाकोटका महीलाहरुले भविष्यमा च्याउ खेतीबाट मनग्य आम्दानी लिने अपेक्षा राखेका छन् । तालिम सो संस्थाका प्राबिधिक चन्द्रमान तामाङ्गले दिनुभएको थियो ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग