Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भब्यताका साथ स्वर्ण महोत्सब मनाउँदै

Published on 5:17:00 PM //

आदर्श उच्च माध्यमिक विद्यालय दिगामकोट गुल्मीले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको छ । यस ऐतिहासिक अवसरमा विद्यालयको स्वर्ण महोत्सव एक हप्तादेखि विशेष कार्यक्रमका साथ भइरहेको छ । 
हजारौं विद्यार्थीलाई उच्चशिक्षा हासिल गराई देशका विभिन्न महत्वपूर्ण क्षेत्रमा पुर्याउन सफल विद्यालयको स्वर्ण महोत्सवकै अवसरमा भोलि शनिबार विशेष कार्यक्रमको आयोजना गरिएको छ। सोही कार्यक्रमका लागि नेपाल सरकारका प्रवक्ता सूचना तथा साचारमन्त्री शंकर पोखरेल, सभासद् प्रदीप ज्ञवाली, सभासद् चन्द्रबहादुर थापा सागर, भूतपूर्व माचका पदाधिकारीहरुलगायतका विशिष्ट व्यक्तिहरु सहभागी हुने भएका छन्। महोत्सवका लागि काठमाडौं, बुटवल, पोखरा, नेपालगन्ज, विराटनगर, धनगढी, चितवनलगायतका ठाउँमा सरकारी एवम् निजी क्षेत्रमा कार्यरत पूर्वविद्यार्थीहरुसमेत सहभागी हुने बताइएको छ।

विद्यालयले आफ्नो ५० वर्षको सुखद सन्दर्भमा भलिबल, फुटबल, निबन्ध, कविता, सांस्कृतिक प्रतियोगिता एवम् अन्य थुप्रै कार्यक्रमहरु एक हप्तादेखि भइरहेको र ती कार्यक्रममा विद्यार्थी र अभिभावकहरुको उल्लेख्य उपस्थिति रहने गरेको महोत्सव मूल आयोजक समितिका संयोजक कोशल पोखरेलले जानकारी गराउनुभएको छ।

विद्यालयलाई शैक्षिकदेखि लिएर हरेक विकासमा प्रभावकारीरुपमा अगाडि बढाउन महोत्सवमा भएका थुप्रै गतिविधि र ती कार्यक्रममा सरकारी र निजी क्षेत्रबाट विशिष्ट व्यक्तित्वको सहभागिताले उत्साहित र हौसला बढाएको प्राचार्य गुणाकर ज्ञवालीले बताउनुभएको छ।

सो विद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरु अहिले प्रशासनिक पत्रकारिता सुरक्षा निकाय व्यापार उद्योग राजनीतिलगायत हरेक क्षेत्रमा महत्वपूर्ण स्थान ओगट्न सफल भएकोले पनि गुल्मीको सो विद्यालय एउटा उदाहरणीय बन्न गएको आदर्श उच्च मावि भूतपूर्व विद्यार्थी मन्चका अध्यक्ष एवम् पत्रकार टंक पन्तले जानकारी गराउनुभएको छ।

पञ्चायतकालदेखि नै निकै चर्चामा रहेको सो विद्यालयको स्वर्ण महोत्सवलाई सरकारले पनि विशेष महत्व दिएको छ। विद्यालयको स्वर्ण महोत्सवको सफलताको लागि प्रधानमन्त्री माधवकुमार नेपाल, सूचना तथा संचारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता शंकर पोखरेल, गुल्मीका सभासद्हरु, शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्ललगायतका विशिष्ट व्यक्तित्वहरुले शुभकामना पठाउनुभएको छ।

स्वर्ण महोत्सवकै अवसरमा विद्यालयको ५० वर्ष छर्लङ झल्कने गरी स्वर्ण स्मारिका प्रकाशन भएको छ। सो स्मारिकाको लोकार्पणसमेत शनिबार आयोजित विशेष कार्यक्रममा गरिने भएको छ। स्वर्ण स्मारिकाको प्रकाशन आदर्श उच्चमावि दिगामकोट गुल्मी र आदर्श उच्च मावि भूतपूर्व विद्यार्थी मन्चले गरेका हुन्।

नेपाल समाचार-पत्र दैनिकबाट

3 comments

  1. I have no words to to explain my feelings on this occasion, this school has given me everything in my life, the memories of those days always reappears in front of me as as in mirror. Miss u all a lot...
    Best Regards,
    Deepak Panth
    BE 3rd year(Computer Science)
    Nagpur University, India.
    Email: panth.deepak@gmail.com

    ReplyDelete
  2. Congratulations to all the teachers,staffs,students & their parents as well as all founding fathers and all the people of the region on the occasion of 50th anniversary of School.....
    I have no words to to explain my feelings on this occasion, this school has given me everything in my life, the memories of those days always reappears in front of me as as in mirror. Miss u all a lot...
    Best Regards,
    Deepak Panth
    BE 3rd year(Computer Science)
    Nagpur University, India.
    Email: panth.deepak@gmail.com

    ReplyDelete
  3. Congratulations to all the teachers,staffs,students & their parents as well as all founding fathers and all the people of the region on the occasion of 50th anniversary of School.....
    I have no words to explain my feelings on this occasion, this school has given me everything in my life, the memories of those days always reappears in front of me as as in mirror. Miss u all a lot...
    Best Regards,
    Deepak Panth
    BE 3rd year(Computer Science)
    Nagpur University, India.
    Email: panth.deepak@gmail.com

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग