Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वर्ण महोत्सव आजदेखि

Published on 10:02:00 PM //

पी.एम.मगर
सितापुर माध्यमिक विद्यालय अर्लाङ्गकोट ५ गुल्मीको स्वर्ण महोत्सव आजदेखि शुरु भएको छ ।

सदरमुकाम तमघासदेखि उत्तर पुर्वमा रहेको उक्त विद्यालयले स्वर्ण महोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । पाँच दिनसम्म चल्ने उक्त स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले ग्रामिण क्षेत्रमा रहेर पनि यस विद्यालयले शिक्षाको क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि अझ थप प्रभावकारी वनाउनतर्फ अग्रसर हुन आग्रह गर्नुभएको छ । उहाँले कुनै पनि वस्तु, सेवा तथा सुविधा पाउनका लागि घरमा वसेर मात्र होईन, कार्यक्रमहरु वनाएर संवन्धित क्षेत्रमा समेत जाने तथा माग गर्नुपर्ने भन्दै यस विद्यालयका लागि आफुले पनि त्यसको लागि हरदम सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो । साथै प्रमुख जिल्ला अधिकारी अर्यालले विद्यालयको स्मारिका पुस्तकको समेत आज विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथि जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसाल, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष जनार्दन घिमिरे, विद्यालयका संस्थापक सदस्य कृष्णप्रसाद सापकोटा, रुद्रावती बहुमुखी क्याम्पन्स वामीटक्सारका प्रमुख हिरामणी अर्याल, महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वामीटक्सारका प्रचार्य भिमलाल सापकोटा, शारदा विद्यामन्दिर मावि, वामी मैदानका प्रधानाध्यापक रविलाल गैरे, वरिष्ठ लोक गायक वमवहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै सोही अवसरमा विद्यालयलाई स्वर्ण वर्षसम्म ल्याई पुर्याउन सहयोग गर्ने शिक्षाप्रमी, शुभचिन्तक, अभिभावक, चन्दादाता लगायतलाई धन्यवाद दिँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्समव मुल समारोह समितिका अध्यक्ष रामकृष्ण कण्डेलले आगामी दिनमा पनि सुझाव, सल्लाह तथा सहयोगको अपेक्षा समेत व्यक्त गर्नुभएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसाल र लोक सांगितिक क्षेत्रका धरोहर वरिष्ठ लोक गायक वमवहादुर कार्कीलाई दोसल्ला ओडाई प्रसंसा पत्रद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रम सञ्चालन हुनु पुर्व शिक्षक, अभिभावक तथा विद्यार्थीहरुद्धारा प्रभातफेरी गरिनुका साथै पञ्चेवाजाका साथ अतिथिहरुलाई कार्यक्रम स्थलसम्म पु¥याईएको थियो । शिक्षक गिरीराज खरेलको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मुल समारोह समितिका अध्यक्ष रामकृष्ण कण्डेलको रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षकहरु दुर्गा सापकोटा, महाविर वस्नेत र कालिदास खरेलले गर्नुभएको थियो ।
आज पहिलो दिन सम्मानित वरिष्ठ लोक गायक वमवहादुर कार्की र कलाकार मिरा थापाले गीत तथा नृत्यमार्फत कार्यक्रममा उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । कार्यक्रममा आज करिव पाँच हजार दर्शकहरुको सहभागीता रहेको र भोली पनि विभिन्न प्रतियोगितात्मक तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुति रहने मुल आयोजक समितिले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग