Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कार र मोटरसाईकल ठाक्किँदा दुई जना गम्भिर घाईते

Published on 6:04:00 AM //

पी.एम.मगर
गुल्मीको हर्दिनेटा गाविस भेडुवा वजारमा हिजो दिउँसो कार र मोटरसाईकल एक आपसमा ठोक्किँदा दुई जना व्याक्ति गम्भिर घाईते भएका छन् ।
वुटवलवाट गुल्मीको सदरमुकाम तमघासतर्फ आउँदै गरेको वा ७ च ४४१० नं. को कार र विरवासवाट रिडीतर्फ जाँदै गरेको लु ३ प ६२२ नं को मोटरसाईकल हर्दिनेटा गाविसको वार्ड नं. ७ भेडुवा वजारमा एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जना व्याक्ति घाईते भएका हुन् । घाईते हुनेहरुमा मोटरसाईकल चालक गुल्मीको हर्दिनेटा गाविस वार्ड नं. ९ का २९ वर्षीय रामु रेश्मी र पछाडी रहेका सोही ठाउँ निवासी श्रीराम रेश्मी गंभिर घाईते हुनुभएको हो । दुवै सवारी साधनहरु अत्यधिक तिव्र गतिमा रहेका कारण दुर्घटना भएको हाम्रा सहकर्मी न्यूटन वरालीले जानकारी दिनुभएको छ । ठक्कर दिने कार र कार चालकलाई भने श्रृंगा प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ भने घाईते दुवैलाई उपचारका लागि पाल्पा लगिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग