Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

होटल व्यवसायीहरु जुटे पर्यटन विकासमा

Published on 1:56:00 AM //

पी.एम.मगर
गुल्मी जिल्लाको पर्यटन प्रवर्द्दन, विकास तथा प्रचार प्रसारका लागि यतिवेला होटल व्यवसायीहरु पनि जुट्न थालेका छन् ।

पर्यटन वर्ष २०११ को प्रवेश तथा वैशाक महिनामा हुन लागेको पहिलो गुल्मी महोत्सवलाई ध्यानमा राखी होटल व्यावसायीहरुले सवैको विचमा जिल्लाको प्राकृतिक तथा सांस्कृतिक पहिचान दिलाउने प्रब्रित्तिको विकास र आगामी दिनहरुमा आफुहरुले प्रदान गर्ने सेवामा थप प्रभावकारीता ल्याउने लगायतका विषयमा अहिलेदेखि नै छलफल तथा अन्तरकृयामा जुट्न थालेका छन् । उनीहरुले प्रत्येक होटलहरुमा अहिलेदेखि नै सेवाग्राही तथा पर्यटकहरुको स्वागत सत्कार गर्ने संस्कृतिको विकास गर्नेतर्फ आफुहरु लाग्ने वताएका छन् ।
होटल व्यवसायी मञ्च गुल्मीले शुक्रबार सदरमुकाम तमघासमा आयोजना गरेको एक अन्तरकृया कार्यक्रममा होटल व्यवसायीहरुले यस्तो कुरामा जोड् दिएका हुन् । मञ्चले प्रत्येक होटलहरुको स्वागतद्धारमा कलश राख्ने, गुल्मी महोत्सवलाई टेवा पुग्ने गरी सेवाग्राहीहरुलाई जिल्लाको पहिचानको विषयमा जानकारी दिने, वैदेशिक पर्यटकहरुसँगको समन्वयको लागि छिट्टै अँग्रेजी भाषाको प्रशिक्षण दिने लगायतका निर्णय समेत गरेको छ । पर्यटन वर्षलाई मध्यनजर गरी होटल व्यवसायी मञ्चको समन्वयमा नेपाल अंग्रेजी भाषा शिक्षण संघ नेल्टा शाखा गुल्मीले पनि हो
टल व्यवसायीहरुलाई माघ ८ गते शनिवार अंग्रेजी भाषाको प्रशिक्षण कक्षा सञ्चालन गर्ने भएको छ । पर्यटन र संस्कृतिका लागि अँग्रेजी भाषा भन्ने अभियानका साथ गुल्मीका होटल व्यवसायीहरुलाई अँग्रेजी भाषाको  प्रशिक्षण दिन लागेको नेल्टा गुल्मीले जनाएको छ । कार्यक्रममा नेल्टा गुल्मीका अध्यक्ष तथा प्रध्यापक कुञ्जरमणी गौतमले पर्यटन वर्ष २०११ र प्रथम गुल्मी महोत्सवको प्रभावकारीताका लागि नेल्टा गुल्मी सधै लागिरहने वताउनुभयो । 
होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष युवराज भण्डारीको अध्यक्षता तथा सचिव मुकुण्दहरी गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका होटल व्यवसायी, सञ्चारकर्मी, पत्रकार लगायतको सहभागीता रहेको थियो । यसैवीच उद्योग वाणिज्य संघ गुल्मीको अयोजनामा हुने पहिलो गुल्मी महोत्सव २०६८ को तयारीको लागि बिभीन्न बिषयहरुमा आज छलफल भएका छन । जिल्लाको समग्र बिकासको आधार धार्मिक, पर्यटन, कृर्षि उद्योग र व्यापार भन्ने मुल नाराका साथ आउदो वैशाखको पहिलो सातादेखि शुरु हुने महोत्सवको तयारीका लागि बिभीन्न बिषयहरुमा छलफल भएको हो । छलफलमा महोत्सवको तयारीका लागि गठन गरिएका उप समितीहरुका सयोजकहरुले आफ्नो समितीले गरेका कामको बारेमा मुल समितीलाई जानकारी गराएका थिए ।
 कार्यक्रममा बिभिन्न उप समितीका सयोजकहरु ,उप समितीका सदस्यहरु ,समाजसेवी, पत्रकार , लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम महोत्सव मुल समारोह समितिका संयोजक तथा उद्योग वाणिज्य संघ गूल्मीका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको सभापतित्व र उद्योग वाणिज्य संघका महासचिव तथा महोत्सव मुल समारोह समितिका सचिवालय व्यवस्थापन संयोजक कृष्ण प्रसाद पोख्ररेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग