Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खिचातानीका कारण देशमा सबिधान बन्न सकेन: राना

Published on 11:57:00 PM //

पी.एम.मगर
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा गुल्मीका अध्यक्ष जिवन रानाले अव बन्ने नयाँ सबिधानमा गरिव ,दलित जनजाती सर्वसाधारणहरुका सम्पुर्ण हक र अधिकार सुनिश्चित हुनुपर्ने , सिमा अतिक्रममा प्रशासनले बिशेष ध्यान दिनुपर्ने बताउनु भएको छ ।

राष्ट्रिय जनमोर्चाको पुस १० गतेदेखि १ महिनासम्म देशब्यापी रुपमा सञ्चालन भएको राष्ट्रिय जन अभियान कार्यक्रम अन्तर्गत शुक्रबार गुल्मी जिल्लाको इस्मा दर्लामचौरमा भएको कार्यक्रममा केन्द्रिय सदस्य रानाले यस्तो बताउनु भएको हो । कार्यक्रमका प्रमुख अथिती समेत रहनुभएका रानाले नेताहरुकै आ–आफ्नै अडान र राजनितीक खिचातानीका कारण देशमा सबिधान बन्न नसकेको बताउदै अब बन्ने सबिधानमा राष्ट्रिय जनमोर्चाको महत्वपुर्ण भुमिका रहने बताउनु भएको थियो । कार्यक्रममा बोल्ने अन्य अथितीहरुले देशमा लोकतन्त्र आएपनि ब्यवहारमा लागु नभएको र अझै पनि जनताले चाहेजस्तो लोकतन्त्रको अनुभव गर्न नपाएको बताएका थिए । कार्यक्रममा रामेश्वर खत्री, तारा कुवँर, मित्रलाल तरामु ,राहुल पुन, रामकुष्ण न्यौपाने, लगायतले बोल्नु भएको थियो । इस्मा दर्लामचौर गाउँ कमिटीकी सदस्य खिमकुमारी खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत जनमोर्चाका कार्यकक्ता दिनेश पाण्डेले गर्नुभएको थियो भने सञ्चालन जनमोर्चाका जिल्ला कमिटी छौटौका सचिव लेखान्त पुनले गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग