रिडी जाँदा …..
Published on
1:16:00 AM //
मिलन न्यौपने
जेठि ,माइली अनि कान्छी सक्रांतिमा रिडी जाँदा ।
कोही छुटे जस्तो लाग्यो खित्रो अनि बिँडी खाँदा ।१।
तरुल खाँउला पोलेर हाँस बोल मन खोलेर आज ।
गाडीमा छिटो पुगिएला मजा हुन्छ हिँडी जाँदा ।२।
काउकुती लुकामारी बडिगाड र काली पारी आज ।
खेल्दै खेल्दै रिडिऋषेश्वर मन्दिरको सिँढी जाँदा ।३।
जाँदा मन्दिर आको बेला कस्तो 'बर' माग्नु आज ।
डरको पर्खाल भात्काउला एकान्तमा रिडी जाँदा ।४।
जेठि ,माइली अनि कान्छी,,,,,,,,,,,,, ।
milansangeet@gmail.com
0 प्रतिकृयाहरु