Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समाजद्वारा एक बर्षे कार्यकालको समिक्षा

Published on 4:02:00 PM //

-केशव भण्डारी
(www.nepalbritain.com) 
गुल्मी जिल्ला समाज यूकेको दोस्रो कार्यसमितिको आठौं बैठक बीजीडब्लुएसको कार्यालय गोर्खा भवन फार्नबरोमा २ जनवरी २०११ मा सम्पन्न भएको छ ।
बैठकले कार्यसमितिको एक वर्षको कार्यकालको समीक्षा गर्दै विविध निर्णयहरु गरेको छ । गुल्मी जिल्लामा दोस्रो एम्बुलेन्स सहयोग गर्ने र गुल्मी जिल्लामा भएको आशा अपाङ्ग संघलाई आर्थिक सहयोग गर्ने दुई मुख्य प्रस्ताव समाजको गत वर्षको रिडिङमा सम्पन्न चौथो साधारणसभाले पारित गरेको थियो । त्यसअनुसार एक वर्षमा लगातार काम भएको  र दुवै सहयोगका कार्यक्रमहरु गुल्मीमा प्रदान गर्न समाजले अन्तिम तयारी गरिरहेको  जानकारी समाजका अध्यक्ष ओमप्रसाद थापाले बैठकलाई गराउनुभयो ।

दोस्रो एम्बुलेन्स सहयोगका लागि अहिलेसम्म समाजका सदस्यहरुबाट ८ हजार ८ सय २० पौण्ड रकम उठेको र उक्त रकम एम्बुलेन्स खरिद गर्न नेपाल पठाइएको जानकारी बैठकमा थापाले गराउनुभयो । साथै आशा अपाङ्ग संघका लागि अहिलेसम्म करिव १ हजार ९ सय पौण्ड सहयोग आइसकेको र सहयोगको क्रम अझै जारी रहेको जानकारी समाजका सल्लाहकार मोति 
भण्डारीले गराउनुभयो ।


गुल्मी जिल्ला समाज यूकेले गत वर्ष समाजका सामाजिक गतिविधि सम्वन्धी एक डीभीडी निकाली त्यसबाट प्राप्त रकम गुल्मी जिल्लामा अवस्थित आशा अपाङ्ग संघलाई उपलव्ध गराउने निर्णय गरेको थियो । त्यसअनुसार फिनल्याण्डमा बसोवास गर्ने गुल्मेली व्यवसायी देविदत्त शर्माको सक्रियतामा डीभीडी बेची ५०० पौण्ड प्राप्त भएको छ । यस्तैगरी समाजको उपाध्यक्ष शंकर भण्डारीले नेपालमा डीभीडी बेची १०० पौण्ड उपलव्ध गराउनु भएको छ । कार्यसमितिको बैठकले गुल्मी जिल्ला समाजको सामाजिक कार्यलाई सहयोग गर्ने सम्पूर्ण यूकेवासी गुल्मेलीहरु र अन्य चन्दादाताहरुलाई हार्दिक धन्यवाद 
व्यक्त गर्दै एम्वुलेन्स सहयोगका लागि बाकी छुटेका सदस्यहरुबाट अझै सहयोगको अनुरोध गरेको छ । बैठकले एम्वुलेन्स र अपाङ्ग संघलाई सहयोग प्रदान समाजका प्रतिनिधिहरु गुल्मीमै पुगेर गर्ने निर्णय पनि गरेको छ ।


समाजका सकृय सदस्य सुरेश गौतमले आफ्नो पुख्र्यौली गाउँ इस्मा, अमरपुर गुल्मीको श्री अमरपुर ओमप्रसाद गौतम उच्च माविको लागि ८९५ पौण्ड सहयोग गर्नु भएकोमा समाजको तर्फबाट २५० पौण्ड रकम थप गरी जम्मा एक लाख अठ्ठाइस हजार रुपैया शैक्षिक क्षेत्रमा पनि यस वर्ष सहयोग गरेको जानकारी बैठकमा अध्यक्ष थापाले गराउनु भयो । यसरी 
एम्वुलेन्स, अपाङ्ग संघ र शिक्षा क्षेत्रमा गरी करिव १५ हजार पाउण्डको सहयोग समाजको आगामी अधिवेशनभन्दा पहिले गुल्मीमा पुग्ने जानकारी थापाले गराउनुभयो ।


वर्तमान कार्यसमितिको दुई वर्षको कार्यकाल आगामी अप्रिल महिनामा सकिने भएकोले गुल्मी जिल्ला समाजको पाँचौ महाधिवेशन अप्रिल २४, २०११ मा तमु धी भवन मिचेटमा गर्ने निर्णय बैठकले गरेको छ । अधिवेशन तयारीका लागि वीर बलाल संयोजक रहनेगरी रवि गुरुङ, ओम बुढाथोकी, विनोद ज्ञवालीसहितको एक तयारी समिति पनि गठन गरिएको छ । साथै समाजको विधानअनुसार कार्यसमिति चयनको लागि बालजंग अर्याल निर्वाचन अधिकृत रहनेगरी टंकबहादुर थापा, धकबहादुर राना, चेतनाथ खनाल भएको एक निर्वाचन समिति पनि गठन गरिएको छ । गुल्मी जिल्ला समाजको साधारण सदस्य १० अप्रिलसम्म बन्नुपर्ने र कार्यसमितिका लागि ११ अप्रिलदेखि १५ अप्रिलसम्म उमेदवारी निर्वाचन समितिमा दर्ता गराउनु पर्ने निर्णय पनि बैठकले गरेको छ । साथै वारम्वार सदस्य नविकरण गर्नुभन्दा एकैपटक १०५ पौण्ड शुल्क तिरी आजीवन सदस्य बन्न सम्पूर्ण यूकेवासी गुल्मेलीहरुलाई बैठकले आहृवान गरेको छ ।

समाजका अध्यक्ष ओमबहादुर थापाको सभापतित्वमा बसेको बैठकको सञ्चालन सचिव तोयबहादुर थापाले गर्नुभएको थियो । कोषाध्यक्ष विनप्रसाद भुजेलले समाजको हालसम्मको आय व्ययबारे जानकारी गराउनुभएको थियो । बैठकमा समाजका उपाध्यक्षद्वय दुर्गा पाण्डे, शंकर भण्डारी, सहकोषाध्यक्ष अर्जुन गौतम लगायत सदस्यहरु केशव भण्डारी, ओम बुढाथोकी, तोप पल्ली, मन गुरुङ, राम गलामी र विनोद ज्ञवालीको उपस्थिति थियो । त्यस्तै समाजका सल्लाहकार मोति भण्डारी, वालजङ्ग अर्याल, टेकबहादुर थापा, राजेन्द्र श्रेष्ठको पनि बैठकमा उपस्थिति थियो ।

बैठकको सुरुमा हालै रिडिङ्गमा बस्दै आउनु भएका गुल्मीवासी राम थापाको असामयिक दुखद निधन भएकोमा एक मिनेट मौनधारण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक सहानुभूति 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग