Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लेखनाथ पौड्याल जयन्तीमा कबि सम्मेलन

Published on 7:30:00 PM //

 शिबलाल सुबेदी
कबि शिरोमणी लेखनाथ पौड्यालको १२७ ओै जन्म जयन्तीको अबसरमा आज गुल्मी को सदरमुकाम तम्घासमा कबि सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।
किरण पुस्ताकालय गुल्मीले आयोजना गरेको कार्यक्रममा कबिहरुले आआफना लेख रचना बाचन गरेका थिए । सोहि अबसरमा किरण पुस्ताकालयमा बिभिन्न बिधाका पुस्तकहरु थप गरिएको छ । कार्यक्रम किरण पुस्तकालयका संस्थापक शशि पन्थीको सभापतित्व, रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख प्रेमनाथ अर्यालको प्रमुख आतिथ्यता र संस्थापक सचिव दिन पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो । कास्कीमा जन्मेका पौडयालले पुर्बीय आर्य धर्मको ब्यापक अध्ययन गर्नुको साथै बिभिन्न काब्यहरुको रचना गरी नेपाली साहित्यमा योगदान पुराएका थिए । देशका बिभिन्न ठाउमा उहाको जन्म जयन्ती हिजो मनाएपनि किरण पुस्ताकालय गुल्मीले भने आज मनाएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग