Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चिसोका कारण जनजिवन प्रभावित

Published on 7:31:00 PM //

शिबलाल सुबेदी
नेपालका बिभिन्न पहाडी जिल्लाहरुमा हिमपात परेपछि गुल्मी जिल्लाको जनजिवन पनि प्रभावीत भएको छ ।
आईतवार बिहानै देखि सदरमुकाम तम्घास तथा आसपासका क्षेत्रहरुमा चिसो बढ्नुका साथै मध्यान्ह पछि पानी परेपछि यहाँको जनजिवन प्रभावित बनेको हो । माघ महिनाको शुरुवात सँगै यस आईतवारबाट पहिलो माघी झरी पनि शुरु भएको छ । यसरी विहानैदेखि चिसो बढ्नु र मध्यान्हपछि बर्षा हुनुले यहाँका स्थानीयवासीहरुले हिमपात हुन सक्ने बताएका छन । यसरी लामो समयपछि पानी परेपछि कृषकहरु खेतीपाती सपार्ने आशबादी बनेका छन् । यस्तै पानी परेपछि चिसो बढेकाले बालबालिका तथा बृद्धबृद्धाहरुमा छाती दुख्ने, रुघाखोकी लाग्ने तथा निमोनिया जस्ता रोगले सताउने जिल्ला अस्पताल तम्घासका प्रमुख डाक्टर भेषराज पोखरेलले बताउनु भएको छ । सदरमुकाम तम्घासमा पानी परेपछि हिजो अस्तीको तुलनामा मानिसहरुको चहलपहलमा पनि कमी आएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग