Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

४४ बर्ष पछि पुर्नमिलन

Published on 1:37:00 AM //

 शिबलाल सुबेदी
गुल्मीको धुर्कोट बस्तुमा ४४ बर्षपछि एक जोडी बिच पुनःमिलन भएको छ । बस्तु गाविस वार्ड नम्बर १ निवासी ७८ बर्षिय कविराम पाण्डे र उनकी ६९ बर्षिय जेठी श्रीमती पुतला पाण्डे बिच आज पुर्नमिलन भएको हो ।

२०२५ सालदेखि आफ्नो माईतमा बस्दै आएकी पाण्डे ४४ बर्षमा आफ्नो जिवन साथीको आवश्यकता भएको महशुस गरि राजीखुसीमा आफ्नो श्रीमानको साथमा कर्मघर भित्रनु भएको हो । कविराम पाण्डेकी कान्छी श्रीमतीका छोराहरु लोकहरि पाण्डे र राम प्रसाद पाण्डे, पुतलाका माइती पक्षका डिलाराम भण्डारी, लोकहरि भण्डारी, भविश्वर भण्डारी, शशिधर भण्डारी, मोतीलाल शर्मा, कुष्ण प्रसाद भण्डारी र छिमेकी महिला समुहहरुको बिशेष पहलमा उक्त पुनमिलनभएको हो । यसरी ४४ बर्ष पछि पनि पुर्न मिलन भएपछि बस्तुवासीहरुमा खुसीयाली छाएको स्थानीयवासीहरुले बताएका छन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग